काठमाडौ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले स्नातक तह चौथो बर्षको परीक्षा दिने परीक्षार्थीहरुको लागि परीक्षा आवेदन फारम भर्ने अति जरुरी सूचना प्रकाशित गरेको छ ।

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने स्नातक तह चौथो बर्षको परीक्षा दिने विज्ञान, व्यवस्थापन र शिक्षाशास्त्र सङ्कायका

पुरा तथा आंशिक परीक्षार्थीहरूले २०७६ साल मङ्सिर ११ गते देखि पौष १० गते सम्म आ–आफ्नो क्याम्पसमा नियमित शुल्कमा र साधारण म्याद सकिएको एक हप्ता भित्र दोब्बर दस्तुर लिई परीक्षा आवेदन फारम भरी सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि सूचना प्रकाशित गरेको छ ।

यसको विस्तृत विवरण त्रि. बि. website: www.tuexam.edu.np मा हेर्न सकिनेछ र सोही अनुसार अनिवार्य रुपमा गर्न गराउन सूचित गरिएको परीक्षा नियन्त्रकद्धारा जारी सूचनामा भनिएको छ । सूचना तल अपलोड गरिएको छ । सम्बन्धित सबैको जानकारीका लागि सक्दो सेयर गरिदिनुहोला ।

 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

 

सम्बन्धित खबरहरु