काठमाडौं । धेरैलाई पढेको कुरा याद गर्न गाह्रो हुन्छ । जति पढे पनि कतिपय मानिसहरु पढेको कुरालाई पछिसम्म स्मरण गर्न सक्दैनन् । परीक्षाको समयमा पढेको कुरा बिर्सनु पनि एक प्रकारको समस्या हो । तर पढ्ने र याद गर्ने धेरै तरिकाहरु हुन्छन् । आज हामी त्यसकै बारेमा चर्चा गनए गइरहेका छौं । चर्चित दार्शनिक स्वीट मार्डनका अनुसार स्मरण गर्ने धेरै तरिकाहरु हुन्छन् । जसका बारेमा हामी चर्चा गर्न गइरहेका छौं ।

१ आफ्नो स्मृतिमाथि विश्वास गर्ने
तपाई सधै आफ्नो स्मृतिमाथी विश्वास गर्नुहोस । कहिले पनि यो नसोच्नुहोस् कि तपाईको स्मरण शक्ति कमजोर छ । तपाईले जे याद राख्न चाहनुहुन्छ याद रहँदैन । बरु यो सोच्नुहोस् कि अब तपाई जे याद राख्न चाहानुहुँन्छ ,याद रहने छ । तपाईको स्मरण शक्ति यति धेरै कमजोर छैन जति तपाईले सोच्नुभएको थियो । तपाई निरन्तर तेज स्मरण शक्तिलाई स्थायी बनाउँन गइरहनु भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ ।

२ स्मृतिलाई बनावटी सहायता नदिने ।
आफ्नो स्मृतिलाई बनावटी सहायता नदिनुहोस् । जस्तो कुनै कामलाई याद राख्नका लागि तपाईले एन फर न्युयोर्क भन्नु हुन्छ या संख्यासंग कुनै वस्तु या रंगलाई जोड्नुहुन्छ भने गल्ति गर्नुहुन्छ । यसबाट तपाईको मस्तिष्कमा अनावश्यक जोड पर्दछ । जुन चिज याद गर्नु छ त्यसलाई त्यही रुपमा जस्ताको त्यस्तै याद गर्नुहोस् । कठिन छैन अभ्यासबाट यो सरल छ ।

३ टुक्र्याएर कण्ठस्थ नगर्ने ।
कुनै पनि विषय, संख्या कविता या भाषणलाई टुक्राहरुमा याद नगरेर पुराका पुरा याद गर्नुहोस् । कुनै गजल , कुनै कविता या भाषण याद गर्नु छ भने त्यसलाई पुराका पुरा पटक पटक याद गर्नुपर्छ ।

४ रटेर पढ्नुहुँदैन
केही मानिसहरु,जे याद राख्न चाहान्छन्,त्यसलाई रट्छन् । यो विधी अनुचित हो । मनोविज्ञानबाट सिद्ध भईसकेको छ कि कम समयमा अधिक परिश्रमको अपेक्षा अधिक समयमा कम समयमा कम परिश्रमबा याद गर्ने विधि सरल प्रभावशाली र लाभदायक छ । जस्तो यदि कुनै विषय याद गर्नु छ भने एक रात्रिमा त्यसलाई दस पटक नपढेर पाँच दिनसम्म दुई–दुई पटक पढ्दा चाँडो कण्ठस्थ हुन्छ ।

५ अधिक जोड नलगाउँने ।
मस्तिष्कमा अधिक दबाब नपार्नुहोस् । अधिक सीमासम्म गरिएको प्रयत्नले तनाव पैदा गर्दछ । त्यो तनावले मस्तिष्कलाई शिथिल पारिदिन्छ र स्मरण गर्ने प्रक्रिया पनि सुचारु रुपबाट चल्दैन । थकानबाट भएको स्मरण विस्मरण हुन्छ ।

६ सुत्नु भन्दा पहिले पढ्ने ।
जुन विषयमाथी तपाईले पारंगत हुन चाहानुहुन्छ,जसलाई सिक्न चाहानुहुन्छ,या कुनै उपयोगी पुस्तकको अध्ययन गरिरहनु भएको छ भने राति सुत्नुभन्दा ठीक पहिले पढ्नुहोस् । सुत्ने समयमा पढिएको चीज बढो सुगमताले याद हुन्छ र अर्को समयकोअपेक्षा । पढ्न बन्द गर्ने बित्तिकै सुत्नुहोस् । जबसम्म निन्द्रा लाग्दैन तबुम्म पढिरहनुहोस् । सुत्ने र पढ्नुको बिचमा अधिक समयको अन्तर नहोस् । एजेन्सी

सम्बन्धित खबरहरु