काठमाडौं । कतिपय बच्चाहरु रिसाहा र आक्र'मक स्वभावका हुन्छन् । उनीहरु सानो,सानो कुरामा छिट्टै रिसाउने गर्छन् । उनीहरु हरेक कुरामा जिद्दी गर्ने गर्छन् । बच्चाहरु काँचो माटो जस्तै हुन । उनीहरुलाई सानो देखि जस्तो आकारमा ढाल्न सकियो त्यस्तै हुन्छन् । त्यसैले बच्चालाई कस्तो बनाउँने भन्ने कुरा आमाबुवाको हातमा हुन्छ । बच्चाको रिस नियन्त्रण गर्नु बाबु, आमाको निम्ति टाउको दुखाईको बिषय बन्छ । बच्चाहरु रिसाउने, आक्र'मक हुनु स्वभाविक हो र यो क्षणिक हुनुपर्छ । लामो समयसम्म रिसाउने बच्चाको बानीले समस्या निम्त्याउँन सम्छ ।

त्यसैले बच्चाहरुको रिसलाई नियन्त्रण गर्नु आवश्यक हुन्छ । धेरै रिसालु मानिसहरुलाई हृदयघात, पक्षघात र मुटुसम्बन्धी अन्य समस्याको जोखिम धेरै हुने पत्ता लागेको हो । रिस वा क्रोधले हाम्रो निर्णय लिने क्षमतालाई पनि कमजोर बनाउँछ । यसले कार्यक्षमता प्रभावित हुन्छ र यसले करियरमा पनि नकारात्मक असर पर्छ ।

१ सामान्य रुपमा स्वस्थ खानपान, योगा र राम्रा मानिसहरुसँगको संगतले पनि रिसाउने समस्यालाई कम गर्न सकिन्छ । तर, छिटो रिसाउने समस्याको समाधानका लागि केही फिजियोलोजिकल परिक्षणहरु पनि गरिन्छ । यी शारीरिक परिक्षणले रिसको तिव्रता मापन गर्न सकिन्छ । यस प्रकारको परिक्षणबाट व्यक्ति रिसप्रति कति संवेदनशील छ र उनीहरुले यसलाई कसरी काबुमा राख्न सक्छन् भन्ने थाहा हुन्छ ।

२ आमा, बुबाले बच्चालाई माया गरेको अनुभूति गराउनु पर्छ । बच्चाहरुलाई धेरै माया प्रेमको आवश्यक्ता पर्छ । त्यसैले बच्चालाई एक्लो भएको महसुष गराउर्नु हुँदैन ।

३ बच्चासँग खेल्ने, रमाउने गर्नुपर्छ । उनीहरुलाई कथा सुनाउने, खेलाउने जस्ता गतिविधिले पनि रिस उठ्न दिदैन । बच्चालाई सकेसम्म एक्लै बस्न नदिने । उनीहरुलाई परिवारमा घुलमिल गराउनुपर्छ । घरमा अरु उसको साथी छ भने साथै खेल्न दिनुपर्छ ।

४ अभिभावकले बच्चासँग रिस नदेखाउने , रमाइलो वातावरणको सिर्जना गर्ने, बच्चाको समस्या बुझ्ने प्रयास गर्ने, बच्चाको अगाडी हिंसात्मक कुरा नगर्ने गर्नु पर्छ ।

सम्बन्धित खबरहरु