काठमाडौं । दक्षिण एशियाली खेलकुद (साग)मा नेपालले शानदार सुरुवात गरेको छ । अहिलेसम्म नेपालले २२ स्वर्ण पदक जितेको छ । नेपालमा भइरहेको १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गतको फुटबल प्रतिस्पर्धामा आजको खेलमा नेपालले भुटानलाई ४–० ले पराजित गरेको छ । आज दशरथ रङ्गशालामा भएको खेलमा कप्तान सुजल श्रेष्ठले एक्लै दुई गोल गरे ।

अभिषेक रिजाल र मिक्चेन तामाङले एक–एक गोल गरेपछि नेपालले सहज विजय हासिल गरेको हो । तीन देश सम्मिलित समूहमा यसअधि भुटानले सोमवार बाङ्ग्लादेशलाई १–० ले पराजित गरेको थियो । कप्तान श्रेष्ठले खेलको छैटौँ मिनेटमा गोल गरी नेपाललाई अग्रता दिलाएका थिए । उनले भुटानी रक्षकले क्लिअर गर्न नसकेको मौकाको सदुपयोग गर्दै नजिकैबाट गोल गरेका थिए । मध्यान्तरसम्म थप अन्य गोल हुन सकेनन् तर खेल पुनः सुरु भएको छैटौँ मिनेटमा श्रेष्ठले नै अर्को गोल थपे ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

श्रेष्ठले दोस्रो गोल भुटानका अगाडि बढेका गोलरक्षकलाई झुक्याएर गर्न सफल भएका थिए । रिजालले ६६औँ मिनेटमा र तामाङले ७१औँ मिनेटमा गोल गरे । रिजालले नजिकैबाट हेड गोल गरे भने तामाङले कर्नर प्रहार गरेको बल गोल भएको थियो । नेपालले अब बुधवार बङ्गलादेशविरुद्ध खेल्ने छ । छ टोलीको राउन्ड रोविन पद्धितको प्रतियोगितापछि शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि फाइनल खेल्नेछन् । भारतले यो पटक फुटबल प्रतियोगितामा सहभागिता जनाएको छैन ।

सम्बन्धित खबरहरु