काठमाडौं । १३औं सागमा देशका लागि ४ स्वर्ण जित्ने गौरिका सिंहले ६५ लाख पाउँने भएकी छिन् । उनलाई ११ लाख दिइने भन्ने कुरा चर्चामा आएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सिंहले ६५ लाख पाउँने स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार गौरिका सिंहले ४ स्वर्णसहित ९ पदक जितेको हुँदा उनले ६५ लाख नगद पाउँने भएकी हुन् ।

 

थपाले दिएको जानकारी अनुसार मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङले २–२ स्वर्ण जितेका थिँए । उनीहरुले २२–२२ लाख नगद mपाउँने भएका हुन् । नेपाललाई स्वर्ण पदक दिलाउने २३ जना फुटबल खेलाडीहरुलाई ५ लाख दिने भए पनि टिमले भने ९ लाख नै पाउँने भएका छन् । थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको विशेष घोषणााबाट सिंगो खेल क्षेत्र उत्साहित भएको बताउनु भएको छ ।

प्रधानमन्त्री ओलीले स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक जित्नेलाई ६ लाख र कास्य पदक जित्नेहरुलाई ३ लाख दिने बताउनु भएको थियो । यस्तै सागमा २ वा त्यो भन्दा धेरै स्वर्ण जित्नेहरुलाई ११ लाख दिइने बताइएको थियो ।

बधाई : गौरिका सिंह- ४ स्वर्णसहित ९ पदक - ६५ लाख नगदको लागि, मण्डेकाजी श्रेष्ठ, आयशा शाक्य र सुवास तामाङ ( २-२ स्वर्ण ( २२-२२ लाख नगद र नेपाली फुटबल टिम ९ लाख : २३×५ लाख. १ करोड २४ लाख नगद पुरस्कारको लागि । सम्माननीय प्रधानमन्त्रीले गर्नुभएको विशेष घोषणााबाट सिंगो खेल क्षेत्र उत्साहित, आल्हादित र रिचार्ज भएको छ ।

https://www.facebook.com/surya.thapa.754918/posts/2659098184182669

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=xUXY6pRHSvc

सम्बन्धित खबरहरु