काठमाडौं । तपाईलाई सर्प देखि कतिको डर लाग्छ ? धेरैलाई अजिंगरको नाम सुन्ने मात्रै पनि आँङ सिरिङ गर्छ । सर्प देख्दा हाम्रो सात्तो जान्छ तर एक महिलाले निकै बहादुरीका साथ हातले समातेरै यसलाई नियन्त्रणमा लिएको खबर बाहिर आएको छ । भारतीय मिडियाका अनुसार इरेनाकुलम गाउँको ती महिलाको घर पछाडिको रुख नजिकैको घाँसे मैदानमा उक्त अजिंगर फेला पारेकी थिइन् । बहादुरी देखाउने महिला नेवी अफिसरकी श्रीमती भएको बताइएको छ ।

उनको नाम विद्या हो भनेर सञ्चारमाध्यमहरुमा चर्चा गरिएको छ । हरिन्दर एस सिक्का नामको ट्वीटर अकाउन्टबाट उक्त भिडियो पोष्ट भएको हो । भिडियो पोष्ट गर्दै लेखिएको छ, ‘२० किलोको अजिंगरलाई वरिष्ठ नेभी अफिसरकी श्रीमतीले जिउँदै समातेकी छिन् ।

 

महिलालाई छोडौं, यस्तो बहादुरी कतिजना पुरुषले देखाउन सक्छन् भनेर सोचिरहेको छु ।’ विद्याले अजिंगरलाई बच्चा भनेर बोलाउँदै निकै जतनका साथ ब्यागमा राखेको देखाइएको छ । यसमा उनलाई एक महिला र एक नौसेना अधिकारीसहित तीनजनाले सहयोग पनि गरेका छन् ।

https://twitter.com/sikka_harinder/status/1204823824186798080?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1204823824186798080&ref_url=https%3A%2F%2Fratopati.com%2Fstory%2F109769%2F2019%2F12%2F13%2Fnavy-officer-wife-caught-alive-python-video%3Ffbclid%3DIwAR1vbQitDoM2wFaOVsbzStYUBGa76WOEtrONV81SFd7Zdcz__gpan6I1w-8&fbclid=IwAR3O5GCRVtgVbXGpc3pjYlZE_-x0AvOQELU7LVxmuwxHBZ3n2z3qrX8zRtg

subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु