काठमाडौं । चिसो मौसममा पारिलो घाम । खुलेको सुन्दर मनमोहक सुन्दर हिमाल । हिउँदको समय । गाउँघरमा खेतीपातीका कामको भ्याई नभ्याई छैन । लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा डाँडाको नाकमा बिहीबारदेखि शुरु सौह्रौँ संस्करणको लेखनाथ महोत्सव स्थानीयवासीको आकर्षण बनेको छ ।

भिन्न भिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिले महोत्सवमा आउनेलाई मोहित बनाएको छ । एकै ठाउँबाट घरायासी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण महोत्सवस्थल भरिभराउ हुने गरेको छ । महोत्सवमा हाँस्य कलाकारको प्रस्तुतिदेखि गीत, नृत्य आदिले सहभागीलाई लठ्याएको छ नै, यहाँ राखिएका व्यापारिक प्रदर्शनी कक्षमा किनमेल गर्नेको भीडभाड देखिन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

महोत्सवको तेस्रो दिन शनिबारसमेत परेकाले दिनैभर महोत्सवस्थल खचाखच भरिएको लेखनाथ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले जानकारी दिनुभयो । १५ वर्षअघि सुन्तला महोत्सवबाट शुरु भएको महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उहाँले बताउनुभयो ।

‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ आयोजित महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउने विश्वास गरिएको छ । महोत्सवस्थलमा शनिबार देखिएको दर्शकको उपस्थितिले आपूmहरूलाई उत्साहित भएको प्रदर्शनी कक्ष नं १८० मा आधुनिक पोशाक कक्ष राखेका गोरखाका हरि सापकोटाले बताउनुभयो ।

महोत्सवमा सामान्यत मनोरञ्जन लिन, सरसमान किन्नका साथै आफ्ना सहपाठी, इष्टमित्र र साथी दामलीलाई भेट्न पाइने लक्ष्यका साथ दर्शक आउने गरेको छन् । प्रदर्शनी कक्ष नं ११२ मा किवीको स्टल राखेका दोलखा जिरीका पासाङतेन्जी शेर्पाले दर्शकको उपस्थितिले आफूहरूको व्यापार पनि बढेको बताउनुभयो । महोत्सवमा पोखरा र आसपासका साथै तनहुँ, स्याङ्जालगायतका जिल्लाबाट दर्शक आएको उहाँले जानकारी दिनुभयो ।

महोत्सवमा राखिएका विभिन्न विद्यालयका प्रस्तुतिले मनोरञ्जनका साथै विद्यार्थीलाई ज्ञानगुनका कुरासमेत सिक्ने अवसर मिलेको छ । विद्यार्थीले मेहेनत गरेर बनाइएका सामग्री शैक्षिक प्रदर्शनीमा रहेका छन् । महोत्सवमा राखिएका आर्थिक, समाजिक, कृषि र पर्यटनसम्बद्ध सामग्रीले यस क्षेत्रको समग्र विकासका लागि पनि प्रेरणा दिने गोगन मावि कक्षा ११ की छात्रा ऐश्वर्या पौडेलले बताउनुभयो ।

महोत्सवमा राखिएका सूचना प्रविधिका ३० कक्ष रहनुका साथै नवीनतम प्रविधिको प्रयोग, फ्रि वाइफाइ आदिले पनि युवापुस्तालाई आकर्षित गरेको सूचना प्रविधि संयोजक बुद्घि बाँस्तोलाले जानकारी दिनुभयो । दिनभरि मञ्चका रमाइला कार्यक्रम हेर्दै घर फर्कँदा आवश्यक सामग्री खरीद गर्ने क्रम बढेकाले महोत्सवस्थल व्यापारिक थलोजस्तै बनेको छ ।

सम्बन्धित खबरहरु