काठमाडौ । चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुंगाबाट अवैध यार्सागुम्बा ४ किलो २ सय ४५ ग्राम सहित ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दार्चुला दुहम गाउँपालिका–५ बस्ने ४८ वर्षीय गर्जे सिँह महरा, भारत उतराखण्ड ग्राम लत्ता बस्ने ३२ वर्षीय प्रम सिंह र भारत उतराखण्ड ग्राम सल्ना बस्ने ३२ वर्षीय हरिश सिँह रहेका छन् ।


महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले यूके ०४ टिबी १९६७ नम्बर कारमा भित्रि पार्टपूर्जा मेकानिक्सद्वारा खोलि जाँच गर्ने क्रममा चालकको सिट पछाडिको सिटहरूको दुबै साईडमा रहेको बोतल स्ट्याण्डमा उक्त परिमाणको यार्सागुम्बा लुकाई राखेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबै जनालाई बरामद सवारी साधन र यार्सागुम्बा सहित आवश्यक अनुसन्धान तथा कार्वाहीको लागि डिभिजन बन कार्यालय हात्तिसार, काठमाडौं पठाइएको उक्त प्रभागले जनाएको छ ।

यता नरसिंह गाउँपालिका–५ सुनसरी पुलस्थित पूर्व पश्चिम राजमार्गमा ना.७ ख ३५५३ ट्रकलाई स.१ च ४९६ नम्बरको एम्बुलेन्सले ठक्कर दिंदा एम्बुलेन्समा सवार उदयपुर चौडण्डीगढी गा.पा.५ बस्ने बर्ष ५० को चेत बहादुर बिष्टको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका बिष्टलाई नोवेल अस्पताल विराटनगर हुँदै जिल्ला अस्पताल ईनरुवा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

 

दुर्घटनामा घाइते भएका एम्बुलेन्स चालक सिराहा लाहान नगरपालिका९१ बस्ने २१ वर्षीय बिष्णु कुमार साह समेत ३ जनाको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु