काठमाडौ । ग्रहण ब्रमाण्डको एउटा नियमित प्रक्रिया हो । यो एउटा विज्ञान हो र विज्ञान भनेकै प्रकृति हो । खगोल विज्ञान एउटा यस्तो विज्ञान हो, जसले सौर्य परिवारमा भएका हरेक घटना तथा परिवर्तनहरुलाई सुष्म भन्दा भन्दा सुष्म ढङ्गबाट वैदिक, धार्मिक, वैचारिक र वैज्ञानिक तरिकाले खोज तथा अनुसन्धान गरिरहेको हुन्छ ।

 

आज पुस १० गते सन् २०१९ डिसेम्बर २६ तारिख बिहीबार सूर्य ग्रहण लागेको छ । बिहान ८ बजेर ४२ मिनेटबाटदेखि सुरु भएको ग्रहण बिहान १० बजेर १ मिनेटमा मध्य अबस्थामा रह्यो भने पूर्ण रुपमा समाप्त ११ बजेर ३१ मिनेटमा भयो । यसको अबधि करिब २ घण्टा ४९ मिनेट रह्यो । यति समयमा हामीले केही सावधानी अपनाउन सकियो भने यसको परिणाम धेरै लामो समयसम्म शुभ तथा शक्तिशाली हुने र छिट्टै कार्य सिद्धि मिल्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ ।

 


यो विशेषखाले दुर्लभ खगोलीय घटना हो । लामो समय पछि नौ ओटा ग्रह मध्ये छ ओटा ग्रहको धनु राशिमा भेट भएको छ । एउटै राशिमा छ ओटा ग्रह आउनु यो खगोल तथा ज्योतिषीय क्षेत्रमा अध्ययन गर्नेहरुका लागि विशेष पर्वकै रुपमा हेरिने गर्दछ। अब यस्तै खाले खगोलीय घटना हेर्न करिब पाँच दशक भन्दा वढि समय कुर्नु पर्नेछ ।

देशका प्रतिष्ठित तथा शक्तिशाली व्यक्तिको राशि अनुसार यस्तो अवस्थामा शुभ कर्म गरेबापत ग्रहणले कस्तो खाले प्रभाव पार्ने छ ? यो ज्योतिषीय आधारमा ग्रहणले पार्ने अबस्थामा रहेर गणना गरिएको हो । यो ग्रहणले विशेष गरि कर्कट, तुला, कुम्भ र मीन राशि हुनेहरुलाई मात्रै शुभ फल प्राप्त हुने छ, बाँकी आठ ओटा राशिहरुलाई यसको नकारात्मक प्रभाव पर्ने छ । मेष, वृष, मिथुन, सिंह, कन्या, वृश्चिक, धनु र मकर राशि हुनेहरुले ग्रहण अबधि भर विशेष सावधानी अपनाउँदै ग्रहण नहेर्दा राम्रो हुन्छ । यसको प्रभाव ६ महिनापछिसम्म पनि पर्ने भएको स्वस्ति शान्ति भने गराउँदा विशेष फाईदा हुने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको न्वारानको नाम खड्ग प्रसाद ओली हो । यस अनुसार उनको नामले कन्या राशि हुन्छ । कन्या राशिका लागि यस ग्रहणले केही नकारात्मक असर पार्न सक्ने हुने हुँदा सावधानी अपनाउनु पर्ने देखिन्छ । कन्या राशिको मालिक बुध ग्रह हुने हुदा बुधग्रहलाई ज्योतिषीय हिसाबमा वाणीसँग सम्बन्धित हुने हुँदा अबको १५ दिन कुनै पनि सार्वजनिक स्थानमा नबोले नै हितकारी हुनेछ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको न्वारनको नाम छविलाल दाहाल हो । यो अनुसार उनको राशि मिथुन हुन्छ, यो ग्रहणमा मिथुन राशिको लागि राशिअनुसार सातौँ भावमा पर्दछ । सातौ भाव भनेको स्त्रीको घर हो, यो अनुसार उनको श्रीमतीलाई केही स्वास्थ्यमा समस्या देखापर्न सक्ने भएकाले विशेष गरि शिवको पूजा आरधना र सत् चन्डीको अनुष्ठान गराए यसको प्रभाब धेरै नै कम हुने छ । यस्तो समयमा दाहालले लामो यात्रा नगरेकै राम्रो हुन्छ ।

पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रचलित नाम अनुसार उनको राशि कुम्भ हुन्छ, यो ग्रहणले देउवालाई विशेष लाभ मिल्ने भन्दै यस्तो समयमा सावधानी अपनाउँदै पूरा गर्नु पर्ने सम्पूर्ण काम गर्दा राम्रो हुन्छ। रोकिएका कामहरु सिद्ध हुने छन् । व्यक्तिगत तरिकाले आफ्नो काम गर्दा सम्पूर्ण पाटिलाई नै यो ग्रहण पश्चात् नयाँ तरिकाले सन्चालन गर्न सजिलो हुने छ । आर्थिक गतिविधिमा विशेष सावधानी भने अपनाउनु पर्ने देखिएको छ । थप शक्ति प्राप्तिका लागि श्रीशुक्तको पाठ गरे लक्ष्मीको आशिर्वाद बर्षभरिनै रहने छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु