काठमाडौं । रुसको तोमस्क क्षेत्रको प्रिचुलुमाकी गाउँको एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तीमा एघार व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । स्थानीय समयानुसार मङ्गलबार बिहान ७ बजे भएको यस घटनाका पीडित एघार व्यक्तिको श'व निकालिएको आपतकालीन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठले बनेको यस भवन मङ्गलबार आगलागी भएको र अन्य दुई जना भाग्न सफल भएका थिए । आगलागीको कारण आपराधिक हो वा होइन भन्ने विषयमा अनुसन्धान भइरेहको आपतकालीन मन्त्रालयले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु