काठमाडौं । नेपाल घुम्न भारतको केरलाबाट आएको १५ जनाको टोली पोखराबाट हेटौंडा हुँदै रिजर्भ गाडी लिएर सोमबार दामन सिमभन्ज्याङ आइपुगेको थियो । मकवानपुरको थाहा नपा–४ दामनको होटल एभरेस्ट पानोरमामा उनीहरूले १११ देखि ११५ सम्मका चार कोठा बुक गरका थिए । त्यसै पनि वर्षैभरि चिसो भइरहने दामनको मौसम । सोमबार घाम लागेको थिएन ।

चिसो निकै बढेको थियो । १११ नम्बर कोठामा मंगलबार बिहान ८ बजेसम्म ग्यास हिटर बलिरहेको थियो । कोठाका दुई बेडमा सुतिरहेका आठ जना अचेत पल्टिएका थिए । होटलका कर्मचारीका अनुसार कटेजको कोठाका सबै झ्यालढोका बन्द थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

‘उनीहरू सबै अचेत देखेर हामी सबै आत्तियौं । उनीहरूकै साथीहरूले घचघच्याउँदै बोलाए तर कोही बोलेनन्,’ होटल व्यवस्थापक शिव केसीले भने, ‘त्यसपछि हामीले प्रहरीलाई खबर ग¥यौं ।’ अचेत अवस्थाका चार बालबालिका र दुई जोडीलाई होटलबाट उपचारार्थ हेलिकप्टरमा काठमाडौंको ह्याम्स अस्पताल पु¥याइयो।

तर, कोही पनि बाँचेनन् । मृत्यु हुनेमा केरलाको तिरुवनन्तपुरमका ३८ वर्षीय प्रवीणकृष्ण नायर, ३५ वर्षीया शारण्य शशि र उनीहरूका सन्तान ९ वर्षीया श्रीभद्र, ७ वर्षीया आर्चा प्रवीण, ५ वर्षीय अभिनव नायर छन् । त्यसैगरी ३४ वर्षीय रञ्जित कुमार टीबी, ३४ वर्षीया इन्द्र लक्ष्मी र उनीहरूका २ वर्षीय छोरा वैष्णवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भारतीय पाहुनाले सोमबार मध्यरात कोठा चिसो भएको भन्दै ग्यास हिटर कोठामा लगेका थिए । ‘मध्यरातमा रिसेप्सनमा आएर रोक्दारोक्दै पनि हामीलाई हप्काएर ग्यासको हिटर लैजानुभयो,’ व्यवस्थापक केसीले भने, ‘इलेक्ट्रिक बेड भएकाले बेग्लै हिटर आवश्यक थिएन ।’ भारतको केरलाबाट पोखरा हुँदै सोमबार बेलुका साढे ९ बजे १५ जना उक्त होटलमा आइपुगेका थिए ।

केसीलाई लाग्छ, गर्मी भइरहने स्थानबाट आएका पर्यटक भएकाले उनीहरूलाई दामन निकै चिसो अनुभव भएको थियो । कोठाको झ्यालढोका थुनेर ग्यास हिटर बाल्दा हुने जोखिमबार सायद जानकारी थिएन । इजी ट्रिपमार्फत एक रातलाई बुकिङ गररे उनीहरूको टोली पानोरामा रिसोर्टमा आइपुगेका थिए ।

मकवानपुरको सबैभन्दा उचाइ २४ सय ८८ मा रहेको उक्त रिसोर्टमा आइपुग्नेबित्तिकै उनीहरूले निकै चिसो महसुस भएको बताएका थिए । बालबालिकासहित १५ जना रहेको टोलीले रिसोर्टका १११, ११२, ११४ र ११५ नम्बरका चारवटा कटेजका कोठा बुकिङ गरका थिए । एउटा कटेजमा दुईवटा बेड छन्। एउटा बेडमा प्रौढ दुई जना मात्र सुत्न मिल्छ ।

घटना भएको १११ नम्बरको कटेजमा ११२ नम्बरका सहित प्रौढ र बालबालिकासहित आठ जना खाँदिएर सुतेका थिए । उनीहरू सबैको मृत्यु भयो । ११४ र ११५ नम्बर कोठाका पाहुना भने सुरक्षित रहे । होटलमा आएपछि उनीहरू कोठामा गएर ‘फ्रेस’ भएपछि करिब १० बजे रस्ेटुरन्टमा आए । आफैंले ल्याएको मा'दक पदार्थ सेवन गरे पनि रेस्टुरेन्टको खाना खाएका थिए ।

राति साढे १० बजे ११४ र ११५ नम्बर कोठामा बस्नेहरू खाना खाएर सुत्न गए । तर १११ र ११२ नम्बरको कोठामा बस्नेहरू खाना खाएर पनि पुनः मा'दक पदार्थ सेवन गररे रेस्टुरेन्टको ग्यास हिटर नजिक बसिरहे । उनीहरूले रेस्टुरेन्टका कर्मचारीलाई ‘कोठा चिसो छ, भित्र हिटर चाहिन्छ’ भनेर राखिदिन माग गरे ।

‘काम गर्ने भाइले ओछ्यानमा इलेक्ट्रिक तन्ना जडान गरको छ, तातो छ भनेर विश्वास दिलाउन प्रवीणकृष्ण नायरलाई कोठामा लगेर ओछ्यान छाम्न लगाए । तर उनले चिसो छ भनेर जिद्दी गरे’ व्यवस्थापक केसीले भने, ‘राति करिब २ बजे जबर्जस्ती गररे रेस्टुरेन्टमा बलिरहेको ग्यास हिटर बोकेर कोठामा लगे ।’

रेस्टुरा“ र कोठा झन्डै अढाई सय मिटर दूरीमा छ । ‘कोठामा ग्यास हिटर बाल्नु हुँदैन भन्दाभन्दै पनि मानेनन्,’ केसी भन्छन् । १११ नम्बरको कोठामा रेस्टुरेन्टको हिटर लगिएपछि ११२ मा बसेका परिवार पनि ताप्न पुगेका थिए । ग्यास हिटरको तातोमा दुई परिवारका आठ जना दुईवटा बेडमा कोचिएर सुते।

बाहिर निकै चिसो भएकाले उनीहरूले कोठाको झ्याल–ढोका सबै थुनेका थिए । ‘बिहान ८ बजे चिया लिएर बाहिरबाट बोलाउँदा जवाफ दिएनन्,’ केसीले भने, ‘११४ नम्बरमा बस्ने उनीहरूकै साथीले ढकढक्याउँदा छेस्किन हालेकै रहेनछन् । सजिलैसँग खुल्यो।’ खुलेपछि भित्र हेर्दा सबै अचेत थिए । तत्काल प्रहरी टोली पनि आइपुग्यो ।

कैलाश एयरको हेलिकप्टर बोलाएर सबैलाई काठमाडौं पठाइयो । हेलिकप्टरले पहिले खेपमा पाँच र दोस्रो खेपमा तीन जनालाई अस्पताल लगेको थियो । टोलीका अन्य सात जना पनि काठमाडौं लागे । ह्याम्स अस्पतालले मृत घोषित गरेका सबैको श'व पो'स्टमा'र्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको छ ।

मकवानपुरको उत्तरी क्षेत्रस्थित सिमभन्ज्याङ हेटौंडाबाट ५५ किमि र काठमाडौंबाट ७५ किमिको दूरीमा छ । गुराँस फुल्ने र हिउँदमा हिमपात पनि हुने यो क्षेत्र पर्यटकीय नगरीका रूपमा परिचित छ । यहाँबाट मौसम सफा रहँदा १४ वटा अग्ला हिमालमध्य आठ वटाको अवलोकन गर्न सकिन्छ ।

कात्तिकदेखि फागुनको पहिलो सातासम्म निकै चिसो हुनुका साथै चिसो सिरटो चल्छ । उक्त क्षेमा रहेका अधिकांश होटलमा एसीको व्यवस्था छैन । पर्यटकको आगमन दर हेर्दै दुई दशकअघि खोलिएको एभरेस्ट पानोरामा रिसोर्ट पछिल्लोपटक पूर्वाधार थप्दै स्तरीकरण गरिएको हो ।

रिसोर्टमा खानका लागि राम्रो रस्ेटुरन्ट र बस्न सफा–चिटिक्कका कोठा छन् । तर, रिसोर्टले कोठाहरूमा एसी राखेको छैन । मंगलबार भएको घटनाको कारक कोठामा एसी नहुनुलाई मनिएको छ । कोठामा एसी नभएकै कारण पाहुनाले ग्यास हिटर लगेका थिए ।

आवश्यकताअनुसार कोठाहरूमा भेन्टिलेटर पनि नहुनुलाई होटल व्यवसायीले ध्यान दिनुपर्ने प्रहरीले पनि जनाएको छ । ‘धेरै लागतमा खुलेका होटलले पनि एसी राख्न ध्यान नदिनुको नतिजा यति नराम्रो घटनाका रूपमा आयो,’ थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले भने, ‘यो दुःखद घटनाबाट यस क्षेत्रका होटल व्यवसायीहरूले पाठ सिक्नुपर्छ ।’

दामनको पानोरमा रिसोर्टमा आठ जनाको मृत्युको कारक ग्यास हिटरको वि'षाक्तताले भएको खुलेको छ । बन्द कोठामा ग्यास हिटर बाल्दा हावा भित्र– बाहिर हुन नपाई ‘कार्बन मोनोअक्साइड वि'षाक्तता’ ले भएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको हो ।

‘थप स्पष्ट हुन हामी ‘अ'टोप्सी (श'व परीक्षा)’ रिपोर्टलाई पर्खंदै छौं,’ नेपाल प्रहरीका प्रवक्ता शैलेश थापा क्षत्रीले भने, ‘अटोप्सीमा मृत्यु हुने कारण वा मृत्यु कसरी भयो भन्ने कुरा खोजिन्छ ।’

दामनबाट हेलिकप्टरमा मंगलबार बिहान उपचारार्थ राजधानी ल्याइएका ती आठ जनाबारे ‘हस्पिटल फर एड्भान्स मेडिसिन एन्ड सर्जरी’ (ह्याम्स) ले भनेको छ, ‘अस्पताल आउँदा कुनै पनि व्यक्तिमा जीवनको लक्षण थिएन, उनीहरूलाई मृत घोषित गरियो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

सम्बन्धित खबरहरु