महेन्द्रनगर । अमेरिकाको सुख सयल छोडेर नेपालीको निशुल्क सेवा गर्न चार महिना अगाडी सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा ‘भोलेन्ट्री’का आएका एक प्राध्यापकलाई फिर्ता लखेटेका छन् । अमेरिकी दुतावास मार्फत अंग्रेजी बिषयको प्राध्यापकको रुपमा पठाइएका जेम्स जोन्सलाई विश्वविद्यालयकै एक बिचौलिया समुहले लखेट्ने प्रपञ्च गरेको हो ।

अमेरिकन दुतावास मार्फत सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा प्राध्यापन गर्न पुगेका जेम्सलाई विश्वविद्यालय भित्र रहेको प्राध्यपक राजेन्द्र जोशीको बिचौलिया समुहले विभिन्न प्रपञ्च रचना गर्दै उक्त विश्वविद्यालयको केन्द्रीय क्याम्पसबाट शुक्रवार अमेरिका फिर्ता पठाइएको खुलासा भयो । जुन कुरा उनी फर्किएपछि मात्र विद्यार्थीले थाहा पाए ।

केन्द्रीय क्याम्पसमा दश महिना सम्म ‘भोलेन्ट्री’ रुपमा अंग्रेजी बिषय प्राध्यापन गराउने सर्त अनुसार कञ्चनपुर पुगेका जेम्सलाई प्राध्यापनमा कमजोर देखाउदै बिचौलिया समुहले व्यक्तिगत लाभकालागि चार महिनामै अमेरिका फिर्ता पठाइएको हो । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्रगतिशिल शिक्षक संघका अध्यक्ष समेत रहेका राजेन्द्र जोशीले आगन्तुक प्राध्यापक जेम्सकोलागि पुर्ण व्यवस्था मिलाई दिने भन्दै जिम्मा लिएको र उक्त व्यवस्थामा धरकपट गरिएको जनाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु