काठमाडौ । डाँका घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई उपत्यकाको विभिन्न स्थानबाट महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ पुरन्धारा गाउँपालिका-९ खेप्ताङ घर भई काठमाडौं मित्रनगर बस्ने बेद बहादुर भन्ने ३८ वर्षीय भिम बहादुर घर्तीमगर, नुवाकोट दुप्चेश्वर गाउँपालिका-६ कटजुन घर भई काठमाडौं काभ्रेस्थली बस्ने ३० वर्षीय नकुर तामाङ, रसुवा आमाछोदिङमो गाउँपालिका-५ गोलजुङ घर भई काठमाडौं तार्केश्वर नगरपालिका-९ डाँडागाउ बस्ने ३८ वर्षीय दावा छिरिङ तामाङ, रामेछाप मन्थली नगरपालिका-९ पुरानागाँउ घर भई काठमाडौं महानगरपालिका-१६ बाईपास बस्ने ३६ वर्षीय कुमार बहादुर बुढाथोकी, रसुवा उत्तरगया गाउँपालिका-२ खड्कु घर भएकाहरु काठमाडौं काभ्रेस्थली बस्ने ३६ वर्षीय तेन्जिङ बहादुर तामाङ, र काठमाडौं गोगवु बस्ने २८ वर्षीय संजित वाईवा रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले नगद १८ लाख ७५ हजार ५ सय रुपैयाँ, डाँका गरी पाएको पैसाबाट किनेको मोटरसाइकल १ थान, डाँका घटनामा प्रयोग भएको मोटरसाइकल ३ थान, सुनको औठी १ थान र विभिन्न कम्पनीको मोबाइल लगायतको सामान बरामद गरेको छ ।

 

उनीहरु मध्ये बेद बहादुर भन्ने भिम बहादुर घर्तीमगरले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-३ घर भई हाल काठमाडौं बस्ने व्यक्तिलाई मेरो बाजेसंग बल्ने ढुङा छ भन्दै बिभिन्न प्रलोभन देखाई नगद ५० पचास लाख रुपैयाँ माग गरेका थिए ।

 

त्यसपछि उनीहरुले पिडितलाई खुकुरी र फलामको लठ्ठी समेत देखाई धाकधम्की दिई आखाँमा खुर्सानीको धुलो छर्की पिडितको साथमा रहेको नगद ५० लाख जवरजस्ती लुटपाट गरेर फरार रहेको अनुसन्धानबाट खुल्न आएको छ । यस सम्बन्धमा थप अनुसन्धानको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त कार्यालयले जनाएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु