काठमाडौं । पछिल्लो समय स्थानीय सरकारलाई लक्षित गरेर विभिन्न घटनाहरु हुन थालेका छन् । सल्यानमा एक वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको खबर बाहिर आएको छ । अज्ञात समूहले सल्यान कपुरकोट गाउँपालिका–५ को कार्यालयमा आगजनी गरेको हो । हिजो राती अज्ञात समूहले आगजनी गरेको वडा अध्यक्ष यमकुमार बस्नेतले स्पष्ट पार्नुभयो ।

रिम शितल बजार नजिक रहेको वडा कार्यालयमा ढोकाको ताला फोडेर आगजनी गरिएको खुल्न आएको छ । वडा कार्यालयमा रहेका सम्पूर्ण कागजात र सामग्रीहरू जलेर खरानी भएका छ्न् । आज बिहान १० बजेतिर कार्यालय खोल्दा मात्रै आगलागीबारे जानकारी भएको हो ।ताला फोडेर भित्र पसेर पेट्रोल छर्केर आगो लगाएको जस्तो देखिएको सबैको अनुमान छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

पञ्जिकरणका सम्पूर्ण श्रेष्तासहितका महत्वपूर्ण जागजातहरू, डेक्स्टप कम्प्युटर एक थान, प्रिन्टर एक थान, सोफा, घुम्ने कुर्सी , टेबुल , कार्पेट, पर्दा, ईन्टरनेटसम्बन्धी सामग्री, दराजलगायतका सामग्री पूर्णरूपमा जलेर नष्ट गराइएको छ । वडा कार्यालयमा कसले र किन आगजनी गर्यो भन्ने केही नखुलेको जिल्ला प्रहरी कार्यालय सल्यान जनाएको छ ।

सम्बन्धित खबरहरु