काठमाडौ । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई भ्रष्टाचारसम्बन्धी एक मुद्दाको फाइलसहितको अभिलेख १५ दिनभित्र लिएर उपस्थित हुन आदेश जारी गरेको छ । न्यायाधीशहरु मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको पूर्ण इजलासले आज अख्तियारका सचिव न्यौपानेलाई मुद्दाको अभिलेखसहित आफै इजलासमा उपस्थित हुन आदेश जारी गरेको हो । अदालतले नेपाल आयल निगमका तत्कालीन महाप्रबन्धक युवराज शर्माको भ्रष्टाचार मुद्दाको अभिलेखसहित माग गरेको हो ।

 

आदेशमा भनिएको छ, “कागजात अभिलेख खोजी गरी पेश गर्न १५ दिनको समय प्राप्त हुने गरी यो मुद्दामा पेशी तोक्नु र सो पेशीका दिन आयोगका सचिव स्वयम् निर्णय फाइल र अभिलेख लिई इजलाससमक्ष अनिवार्य रुपमा उपस्थित हुनु ।” सामान्य प्राविधिक कारण देखाइ अदालतबाट माग गरिएका मुद्दासँग सम्बन्धित अभिलेख पेश गर्न आलटाल गर्ने र जिम्मेवारीबाट पन्छिन खोज्ने प्रवृतिलाई उचित ठान्न नसकिने आदेशमा उल्लेख छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु