काठमाडौं । नेपाल सरकारका पूर्वसचिव अर्जुन कुमार कार्कीकी श्रीमती मुना कार्की प्रकरणबारे प्रहरीले गहन अध्ययन थालेको छ । ललितपुर प्रहरी र महानगरीय अपराध महाशाखाको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको हो । सचिव कार्कीकी पत्नी मुना कार्कीको ह'त्या गरेर आ'त्मह'त्या गरेका विजय चौधरी र मुनाको मोबाइल महाराजगञ्जस्थित नेपाल प्रहरीको फेरेन्सिक ल्याबमा अनुसन्धानका लागि गएको छ । यस प्रक्रियामार्फत मोबाइलमा के–कस्ता गतिविधि गर्थे ? भन्ने विषयको अनुसन्धान गर्ने गरिन्छ ।

जानकारी अनुसार चौधरीले सामसुङको स्मार्ट फोन चलाउने गरेका थिँए । उक्त फोनमा नेट चलाउने देखि भिडियो हेर्न, खिच्न मिल्ने सबै खालको सुविधा रहेको थियो । पो'स्टमा'र्टम रिर्पोटमा विजयले नै मुनाको ह'त्या गरेको पुष्टि भएपनि कारण खुल्न सकिरहेको छैन । अहिले यस घटनामा अरु कसैको संलग्ननता थियो कि भन्ने आशंकाका आधारमा मोबाइललाई फरेन्सिक ल्याबमा पठाइएको हो । ल्याबमा मोबाइलमा के–के चिजहरू थिए, फोटोहरू खिचेर डिलिट गरेको थियो कि ? कुनै भिडियो हेर्ने गर्थ्यो कि भन्ने विषयमा अनुसन्धानगरिनेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

विजय चौधरीले सामसुङको भिडियो र फोटो खिच्न मिल्ने एन्ड्रोइड मोबाइल चलाउने गरेका थिँए । उनले इन्टरनेटमा कस्ता फोटो, भिडियोहरू हेर्थे लगायत कुराहरु अनुसन्धान गर्न थालिएको छ । यो सँगै उनले कोही बाहिरी मानिसहरुसँग सम्पर्कमा थिए कि नाँई भन्ने पनि खुलाउने बताइएको छ । प्रहरीले अनुसन्धानको अधिकांश पक्ष सकिएको जनाएको छ । सीसीटीभी फूटेज लगायतका सबै पक्षलाई हेर्दा विजयले मुनाको ह'त्या गरेको देखिएको छ ।

https://youtu.be/Mn1WIl0eZUE

त्यसबाहेक पनि विजयलाई कसैले सिकाएको छ कि भन्ने विषयमा अनुसन्धान चलिरहेको छ । ११ वर्षको उमेरदेखि काम गर्न थालेका चौधरीले २२ वर्षको भएपछि यस्तो घटना घटाएका हुन् । गत सोमबार पुर्वसचिव कार्की बिहान मन्दिर गएको बेला बिहान ११ बजे तिर यस्तो घटना भएको थियो । कामदार चौधरीले बला'त्कारपछि ह'मला गरेर बे'होस गराई आफुले आ'त्मह'त्या गरेको प्रहरीले अनुमान गरेको छ । घटना भएको दिन मुना कार्की महिनावारी भएकी थिइन्, त्यसैले श्रीमानसँगै मन्दिर जान सकिनन् ।

यता विजय चौधरीका बुवा जीवन चौधरीले महानगरीय प्रहरी परिसर ललितपुरमा घटनाको सत्यतथ्य अनुसन्धान गरी दोषीलाई कारवाही गरिपाउँ भन्दै जाहेरी दिएका छन् भने अर्जुन कार्कीले पनि घरमा ठीकै रहेकी पत्नीको ह'त्याको रहस्य पत्ता लगाएर दोषीलाई कारवाही गरिपाउँ भन्दै जाहेरी दिएका छन् । ‘दुवै तर्फबाट घटनाको अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन भन्दै जाहेरी परेको छ । दुबै पक्षको जाहेरीपछि बुधवार विजय चौधरी र मुना कार्कीका आफन्तले श'व बुझेर दाहसंस्कार गरेका छन् ।

सम्बन्धित खबरहरु