काठमाडौ । गणतन्त्र नेपालमा पूर्वराजा ज्ञानेन्द्र शाह परिवार सामान्य नागरिक जस्तै भएको छन् । तर जनतामा उनीप्रति देखिएको सम्मान भने लुक्न सकिरहेको छैन । यस्तै पत्नी कोमल शाहसहित दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रापछि पुर्वराजा ज्ञानेन्द्र स्वदेश फर्किएका छन् ।

आइतबार दिउँसो शाह दम्पत्ति भारत भ्रमणबाट स्वदेश फर्किएका थिए । यो बीचमा उनीहरुलाई विमानस्थलमा रोकेर कोरोना भाइरसको चेकजाँच गरिएको छ । जाँच गर्ने क्रममा कर्मचारीले पुर्वराजा शाहलाई ‘सरकार’ भनेर सम्बोधन गरेको भिडियो अहिले सबै तिर भाइरल भएको छ ।

 

उनीहरु पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शन गरेका थिए । भ्रमण टोलीमा उनकी बहिनी शोभा शाही तथा मोहनबहादुर शाही र केही अन्य निकटका नातेदार थिए । सरकारले चीनको वुहानबाट विश्वभर कोरोना फैलिने डरपछि विमानस्थलमा कडाई गरेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु