काठमाडौं । एक पूर्व प्रहरी अधिकारीलाई ग'म्भीर आरोप लागेको छ । जनताको सुरक्षाका लागि खटिने प्रहरीमाथि नै ग'म्भीर आरोप लाग्नु अस्वभाविक पनि हो । एक युवतीमाथि ज'बरज'स्ती गरेको आरोपमा प्रहरीले एक जना पूर्व प्रहरी अधिकारीलाई पक्राउ गरेको छ । पक्राउ पर्ने नेपाल प्रहरीका पूर्वडीएसपी राजकुमार खिउजु हुन् ।

उनी भक्तपुरबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिनुभयो । अभियुक्त खिउजुले महानगरीय प्रहरी बृत्त चापागाउँको प्रमुख हुँदा एक युवतीलाई जागिरको प्रलोभन दिँदै क''रणी गरेको आरोप छ ।

 

उनीविरुद्ध युवतीले प्रहरीमा उजुरी दिएपछि उनी जागिरबाटै राजीनामा दिएर भागेका थिए । प्रहरीका अनुसार माघ २३ मा अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा खिउजु बुधबार (आज) पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको ललितपुर प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु