काठमाडौं । मुकेश अम्बानी अब एशियाको सबैभन्दा धनी व्यक्ति रहेनन् । भारतका शीर्ष उद्योगपति मुकेश अम्बानी विश्वमा तेलको मूल्यमा गिरावट आएपछि शिर्षबाट झरेका हुन् । अब एशियाको सबैभन्दा धनी व्यक्ति चीनका ज्याक मा भएका छन् । कोरोनाभाइरस फैलिएसँगै संसारमा आर्थिक मन्दीको डर बढेर गएको छ ।

 

त्यसैक्रममा सोमवार अम्बानीको ५.८ अर्ब डलर गुमेको छ । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार, त्यति धेरै पैसा गुमेपछि अम्बानी दोस्रो स्थानमा झरेका हुन् । साउदी अरब रुसका बीचमा भइरहेको प्रतिस्पर्धाले कच्चा तेलको मुल्य सोच्नै नसक्ने गरी घटेको छ । यसको असर अम्बानीलाई पनि परेको हो ।

अलीबाबा ग्रूप होल्डिङ लिमिटेडका संस्थापक ज्याक माले सन् २०१८ को मध्यतिर सर्वाधिक धनी एसियनको उपाधि गुमाएकोमा अहिले ४४.५ अर्ब डलर सम्पत्तिका साथ उनी पहिलो स्थानमा उक्लेका छन् ।

 

अहिले उनीसँग अम्बानीभन्दा २.६ अर्ब डलर बढी सम्पत्ति छ । तेलको मुल्य अझ घट्ने अनुमान लगाइरहँदा अम्बानीलाई थप नोक्सान हुन सक्ने अनुमान लगाइएको छ । कोरोनाभाइरसले अलीबाबाको व्यापारलाई केही प्रभावित पारेको भए पनि उसको क्लाउड कम्प्युटिङ सर्भिस र मोबाइल यापको माग बढिरहेकाले कम क्षति भएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु