साउदी । खाड़ी देशहरुमध्ये कोरोना भाइरस (कोभिड–१९) बाट सबैभन्दा बढी ईरान प्रभावित भएको छ । ईरानमा हालसम्म २९१ जनाको मृत्यु भई सकेको छ भने संक्रमित हुनेहरुको संख्या ८०४२ पुगेको छ । कोरोना भाइरसलाई आफ्नो देशमा फैलिन नदिनका लागि अन्य छिमेकी देशका बोर्डर चेकजाँचमा कडाईका साथ ध्यान दिरहेका छन् । साउदी अरबियाले कोरोनालाई मध्यनजर गर्दै आफ्नो देश आउने मानिसहरुमाथि कडा नियम लागू गरेको छ ।

 

साउदी अरबियाले आफ्लो देश आउने जोकोहीले पनि यदि आफ्नो स्वास्थ्यबारे जानकारी दिएन भने त्यसमाथि १३ हजार डलर सम्मको जरिबाना लाग्ने जानकारी दिएको छ । कोरोना भाइरसलाई रोकथाम गर्नका लागि साउदीले सोमबारदेखि नै १४ देशको आवागमनमाथि तत्काल रोक लगाएको छ । साउदी सरकारले चेतावनी दिएको छ यदि कोही पनि ईरान गयो भने त्यसमाथि कडा सजाय हुने छ ।

 

साउदी अरबियामा अहिलेसम्म १५ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको साउदी स्वास्थ मंत्रालयले जनाएको छ । चीनमा नियन्त्रणतिर आए पनि इटाली र इरानमा भने बढ्दै गइरहेको छ । बुधबार बिहानसम्म ११५ देशमा कोरोना फैलिसकेको छ । अहिलेसम्म ४ हजार २६२ जनाको मृत्यु भएको छ । पछिल्लो समय चीनमा मृतक र कोरोना संक्रमितहरु कम हुँदै जाँदा इटालीमा भने बढेको बढ्यै छन् ।

 

इटालीमा मंगलबार रातिसम्म ४६३ जनाको ज्यान गएकामा अहिले त्यो संख्या ६३१ पुगेको छ । संक्रमितको संख्या १० हजार १४९ पुगेको छ । चीनमा भने ८० हजार ७५८ संक्रमित छन् । चिनियाँ राष्ट्रपति सी चिनफिङ उदगम स्थल वुहान पुगेर मंगलबार कोरोना नियन्त्रणमा आएको ंसंकेत गरेका छन् । उनले उद्घोष गर्नमात्र बाँकी रहेको तर्क गरिएको छ । इटालीले देशका सबै नागरिकलाई क्वारेन्टाइनमा राखेको जनाएको छ ।

 

इटालीपछि सबैभन्दा बढी इरानमा २९१ जनाको ज्यान गएको छ । कोरियामा ५४, स्पेनमा ३५, फ्रान्समा ३३, अमेरिकामा २३, जापानमा १० जनाको मृत्यु भएको छ । इरानमा ८ हजार ४२ संक्रमित छन् । कोरियामा ७ हजार ५१३ जना संक्रमित छन् । नेपालमा एक जना संक्रमितलाई निको भएको छ । अन्यलाई देखिएको छैन ।

साउदी अरबले आइतबारदेखि दुई हप्ताका लागि सबै अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको रोकथाम र नियन्त्रणका लागि भन्दै साउदी अरबको आन्तरिक मामिला मन्त्रालयले शनिबार अन्तर्राष्ट्रिय उडानमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । साउदी प्रेस एजेन्सीका अनुसार प्रतिबन्ध आइतबार स्थानीय समयअनुसार बिहान ११ बजेबाट लागू हुनेछ ।

 

यो दुई हप्ताको अवधिमा विशेष परिस्थिति आएमा भने प्रतिबन्ध नलगाइने साउदी अधिकारीले जानकारी दिएका छन् । यस अवधिका स्वदेश फर्कन नसक्नेका लागि साउदीले बिदा दिने पनि जनाएको छ । साउदी स्वास्थ्य मन्त्रालयले आन्तरिक मामिला मन्त्रालय, नागरिक उड्डयन मन्त्रालय र सरोकारवाला निकायसँग छलफल गरेर घर फर्कन चाहने नागरिकलाई के गर्ने भन्ने व्यवस्था गर्ने बताएको छ ।

 

यसअघि साउदी अरबले युरोपेली युनियनअन्तर्गतका सबै र एसिया र अफ्रिकाका १२ वटा देशका यात्रुलाई प्रवेशमा रोक लगाइसकेको छ ।शनिबार बिहानसम्म साउदी अरबमा ८६ जनामा संक्रमण देखिएको छ । साउदी अरबमा झन्डै ४ लाख नेपाली नागरिक कार्यरत छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु