काठमाडौ । काठमाडौको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका २ जनामा कोरोना भाइरस संक्रमण भएको सरकारी पुष्टी भएको छ । ३ जना कोभिड–१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ देखिएको एचईओसीले जनाएको छ ।

बाँकी १ जनाको हालको परिक्षणमा कोभिड–१९ पोजेटिभ नदेखिएको उल्लेख छ । उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईनमा टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ भनिएको छ । साथै उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ । संक्रमितसँग संलग्नहरूको कल ट्रेसिङ आजैबाट सुरू भएको उल्लेख छ ।

पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड-१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पीसीआरबाट थप परिक्षण गर्दा समेत पोजेटिभ देखिएको छ भने बाँकी १ जनाको हालको परिक्षणमा कोभिड-१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईनमा टाउन प्लानिंङ स्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ । उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परिक्षण आजैबाट सुरू गरिएको छ भने निजहरू संग संलग्नहरूको tracing सुरू भएको छ ।
मिति २०७७ वैशाख ०२ गते

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=UFVzKATl4f0&t=64s

सम्बन्धित खबरहरु