काठमाडौं । सप्तरीका ७१ वर्षीय जेष्ठ नागरिकको पिसीआर विधिबाट गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उहाँको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

सप्तकोशी नगरपालिका–१ मा शनिबार ७४ जनाको आरडिटी परीक्षण गरिएको थियो । राजविराज अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासका अनुसार आइतबार राति धरान पठाइएको २२ जनाको स्वाबको परीक्षण गर्दा २१ जनाको नेगेटिभ आएको छ, एक जनाको रिपोर्ट आउन बाँकी छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

एक साताअघि पनि आरडिटी प्रविधिमार्फत एन्टिबडी परीक्षण गर्दा दुईजनाको रिपोर्ट पोजेटिभ देखिएकामा स्वाब परीक्षण गर्दा नेगेटिभ आएको थियो । योसँगै सप्तरीमा हालसम्म गरिएको ४० वटा स्वाब परीक्षणमा ३९ जनाको नेगेटिभ आएको छ, एउटा रिपोर्ट आउन बाँकी छ ।

कञ्चनरूप नगरपालिका–२ र सप्तकोशी नगरपालिका–१ स्थित मस्जिदमा आरडिटी परीक्षण तीव्र बनाइएको छ । हालसम्म सप्तरीमा ४८ं० जनाको आरडिटी परीक्षण भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सप्तकोशी नगरपालिकाका बासिन्दा पिसिआर प्रविधिबाट रिपोर्ट नेगेटिभ आएपछि निकै राहत महसुस गरेको सप्तकोशी वडा नं २ का सदस्य जाहिर हुसेनले बताउनुभयो ।

सम्बन्धित खबरहरु