सबै विद्यार्थीले पढ्न मिल्नेगरी शिक्षा मन्त्रालयले बनायो इ लर्निङ पोर्टल


काठमाडौं । फुर्सदमा रहेका कक्षा १ देखि १० सम्मका विद्यार्थीले पढ्न मिल्ने गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले लर्निङ पोर्टल सञ्चालनमा ल्याएको छ । कक्षा १ देखि १० सम्मकाविद्यार्थीले विद्यालयमा पढ्ने सामग्रीलाई यो पोर्टलमा समावेश गरिएको छ । सबै विषयको सामग्री यसमा समेटिएको छ । यसको सञ्चालन तथा नियन्त्रण शिक्षा तथा मानव स्रोत विकास केन्द्रले गर्नेछ ।

केन्द्रका महानिर्देशक डा. तुल्सी थपलियाका अनुसार विद्यार्थीले यो पोर्टलमा गएर आफूलाई आवश्यक कक्षा र उक्त कक्षाका विषय अनुसारको सामग्री पढ्न पाउनेछन् । तर त्यस्त विद्यार्थीमा इन्टरनेटको पहुँच हुनुपर्छ । एक पटक इन्टरनेट खोलेर आफूलाई मन परेको सामग्री डाउनलोड गरेर फुर्सदमा पढ्न मिल्ने पनि केन्द्रले जनाएको छ । कोभिड १९ को संक्रमण त्रासका कारण पढाईबाट बञ्चित भएका विद्यार्थीलाई लक्षित गरेर यो पोर्टल सुरु गरिएको हो । फुर्सदमा रहेका विद्यार्थीलाई अनलाइनबाट पढाउने होडबाजी चलिरहेको बेलामा केन्द्रले यो पोर्टल सञ्चालनमा ल्याएको हो । पोर्टलमा समावेश गरिएका सबै सामग्री हार्ड ड्राइभकम राखेर सातै प्रदेशमा पठाइएको पनि थपलियाले बताए ।

 

विद्यार्थीले स्कुलमा पढ्ने पुस्तकका सामग्री नै यो पोर्टलमा राखेको हुनाले अहिले पढेका विद्यार्थीलाई स्कुल खुलेपछि सिक्न सहज हुने उनले विश्वास व्यक्त गरे । केन्द्रले सरकारी तथा नीजि लगानीका विद्यालयलाई यो पोर्टलबाट आवश्यक सामग्री प्रयोग गर्न भनेको छ । फुर्सदमा रहेका शिक्षक र विद्यार्थीलाई यो पोर्टल उपयोगी हुने केन्द्रको दावी छ । पोर्टल खोल्न learning.cehrd.gov.np मा क्लिक गर्नुपर्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता