काठमाडौं । गाउँमा एक झगडा भयो । झगडा मिलाउँन प्रहरी इन्चार्ज नै पुगे । झगडा मिलाएर कार्यालयतर्फ फर्कदैं गरेका प्रहरी इन्चार्जको बाटोमै मृत्यु भयो । घटना हो ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ७ को । त्यहाँ रहेको खेवाङ प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक (असई) बालकुमार राईको बाटोमै मृत्यु भएको हो।

 

 

सुरुङखीमा भएको झगडा मिलाएर फर्कदै गरेका उनले तावाखोला नजिक आई पुगेपछि अचानक गाह्रो महशुस गरेका थिए । अचानक असहज भएपछि स्थानीय कुमार सार्कीको घरसम्म पुगे । राईले त्यसपछि बान्ता गर्न थालेको र केहि समयमै उनको मृत्यु भएको खबर प्राप्त भएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिनुभयो।

 

जिल्ला प्रहरीबाट प्रहरी प्रमुख (डिएसपी) महेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा टोली घटनास्थलतर्फ प्रस्थान गरेको प्रजिअ निरौलाले जानकारी दिनुभयो। भोजपुरको लेकखर्क घर भई झापाको दमक बस्दै आएका ४२ वर्षीय राई केहि महिना अघि मात्र खेवाङ पुगेका थिए।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु