तिमीले खाएर के भो
यहाँ कति छन् भोकै
तिमीले लगाएर के भो
यहाँ कति छन् कती नाङ्गै
भोग गर शासनको
शासक भएर तिमी
तिम्रै मात्र रहेछ देश
राज गर सिँहासनमा बस्दै
रैती नै हुने हुन् जनता
ब्यवस्था जे भए पनि
कस्तो अनौंठो रहेछ संसार
मानिसको शत्रु मानिस हुने
खाँचो पर्दा भन्ने सार्वभौम जनताहरु
अवसर पाउँदा भन्ने हौ रैतीहरु
सर्दै सर्दे आएको
सामन्तका अवशेषहरु
सामन्तीहरु बाटो हिड्दा
रोकिनु पर्छ रैतीहरु
चरक्क चिरिन्छ छाती
सामन्तीको दूत्कार सहनुपर्दा
उपनिवेश भए देख्थे सबैले
कठिन रहेछ देखाउन
आन्तरिक उपनिवेश
जन्माउन गाह्रो भयो
देशभक्त सपूतहरु


दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर

सम्बन्धित खबरहरु