काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट सृजनशील, प्रगतिशील र जनपक्षीय भएको प्रतिक्रिया दिएका छन् । बजेटबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘कोराना महामारीको यो विषम परिस्थितिमा पनि सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवाद उन्मुख बाटो पक्रिने बजेट आयो, म खुसी छु ।’

 

आर्थिक वर्ष २०७७/०७८ को बजेटले सबै समुदाय, त्यसमा पनि निम्नवर्गका जनतालाई सम्बोधन गर्ने र राहत दिनेगरी आएको बताए । आन्तरिक र बाह्य ऋण सहयोग र अनुदान पनि वस्तुवादी भएको प्रचण्डको प्रतिक्रिया छ। उनले करबाट उठाउँन सक्ने र आन्तरिक एवं बाह्य ऋणबाट चल्न सक्नेगरी ल्याएको बजेट निक्कै राम्रो भएको टिप्पणी गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु