नयाँदिल्ली । सिंगो विश्वका मानव जाति कोरोना भाइरस (कोभिड १९) को महामारीविरुद्ध संघर्ष गरिरहेका बेला भारतमा सलह नामको किरा त्योभन्दा ठूलो महाविपद बनेर आएको छ । त्यहाँका किसानलाई करोडौं कीराहरुले दुख दिएका छन् । अधिकांश राज्यमा हरियो देखिने बालि बनस्पतीजति सबै रित्याइरहेका छन् ।

 

करोडौंको संख्यामा रहेका फट्याङ्ग्रे जातको सहल कीराको बथानले भारतका किसानहरुको अन्नबाली नष्ट पारिदिन थालेको छ । यो सलहका बथान अफ्रिकी देशबाट पाकिस्तान हुँदै भारतको उत्तरी क्षेत्रतर्फ उडिरहेका छन् । राजस्थान, जयपुर लगायत क्षेत्रका किसानको अन्नबाली ती कीराले नष्ट पारिदिन थालेका हुन् । अहिले यो महाराष्ट्र हुँदै दिल्लीसम्म आइपुगेको छ ।

 

भारतमा कोभिड १९ महामारीबाट खाद्य संकटको जोखिम बढिरहेका बेला अचानक आएका सलाहका बथान थप चुनौती बन्न पुगेका छन् । यी कीराहरु ४ करोडको झुण्डमा उड्ने गर्छन् । पछिल्लो समय भारतमा लाखौँ हेक्टर जमिनमा बाली नष्ट पार्दै घरआँगनमा समेत यी कीरा व्याप्त देखिएका छन् ।

 

यस्ता कीराले कसरी बाली नष्ट पारिरहेका छन् भन्ने दृश्य र भिडिओ समेत सामाजिक सञ्जालमा भाइरल बनेका छन् । भारतमा देखिएको यो समस्याप्रति विश्व खाद्य कृषि संगठन लगायत कृषि सम्बन्त्री निकायले चासो र चिन्ता देखाएका छन् । विज्ञहरु यस समस्याबाट कसरी मुक्त हुने उपायको खोजीमा छन् । अघिल्लो वर्ष साउदी अरब र यमनका भूभागमा यस्तै सलहको प्रकोपले खाद्य संकट नै पैदा भएको थियो ।

 

यसपटक भारतमा ठूलो संख्यामा रहेका किसानको अन्नबाली नष्ट गर्न थालेका छन् । यसअघि पाकिस्तानमा पनि यसको प्रकोप बढेपछि त्यहाँ राष्ट्रिय संकट घोषणा गरिएको थियो । अहिले भारतका उत्तरी क्षेत्रमा यस्ता कीराले बाली नष्ट गरिरहँदा नेपालतर्फ बढ्न सक्ने चिन्ता विज्ञहरुको छ । नेपालको समिा नजिकै पर्ने जयपुरमा यसको असर देखिएपछि नेपालतर्फ पनि यी कीरा पुग्नसक्ने बताइएको छ । त्यसो त, झण्डै २५ वर्षअघि नेपालमा पनि यस्तै प्रकेतिका सलहले बाली नष्ट गरेको बताइन्छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु