काठमाडौ । भारतमा अर्को ठूलो शोक परेको छ । लगातार कलाकार, कलाकर्मीहरुको अल्पआयुमा नै निधन भइरहेको छ । भर्खरै बरिष्ठ संगीतकार वाजिद खानको निधन भएको पुष्टि भएको छ । मुंबईको एक अस्पताल भर्ना भएको खानको आज निधन भएको पुष्टि भएको हो । उनी केही महिना पहिलेदेखि अस्पताल भर्ना भएका थिए । उनको मृगौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछिपनि उनको स्वास्थ्यमा सुधार भएको थिएन ।

 

यो बलिउडका अर्को दुखद खबर हो । बरिष्ठ संगीतकार वाजिद खानको निधनले फिल्म इंडस्ट्री स्तब्ध भएको छ । फिल्म इंडस्ट्रीमा साजिद–वाजिदको जोडीका रुपमा वाजिद खान चर्चित थिए । उनको निधनको खबर आएपछि बलिउडको कलाकार स्तब्ध भएका छन् । उनको किडनी ट्रान्सप्लाण्ट गरिएको थियो । एक रिपोर्टका अनुसार वाजिद खान किडनीका बिरामी थिए । मात्र ४२ वर्षीय वाजिद खान को मुम्बईको चेम्बुरमा एक अस्पतालमा भर्ती गराइएको थियो । केही दिन पहिलेको जाँचमा उनमा कोरोना संक्रमणपनि पाइएको थियो ।

 

आइतबारदेखि उनको अवस्था झनै जटिल बन्दै गयो । कयौँ कोसिस गर्दा गर्दै उनलाई बचाउँन नसकेको चिकित्सकहरुले बताएका छन् । उनको मृगौलाको पिडामाथी कोरोना भाइरसले इम्युनिटी लेवल ह्वात्तै घटाएका कारण मृत्यु भएको डाक्टरको पुष्ट्याई छ । यसले बलिउडमा शोकले डुबाएको छ । बरिष्ठ संगीतकार सलीम मर्चेण्टले ट्वीट गर्दै लेखेका छन् । साजिद–वाजिदका जोडी मेरा भाई वाजिदको निधनको खबरले म स्तब्ध छु । अल्लाह उनको परिवारको शक्ति दे । वाजिद भाई तिमी धेरै नै छिटो गएउ । यो हाम्रो जीवनका लागि ठूलो क्षति भयो । हामी टुटेका छौ ।

 

यसैगरी प्रियंका चोपडाले तिमी छिट्टै गयौँ साथी भन्दै मार्मिक पोष्ट गरेकी छिन् । बलिउड फिल्मकी चर्चित अभिनेत्री प्रियंका चोपडाले वाजिद खानको निधनले आफु शोककुल भएको बताएकी छिन् । प्रियंका चोपडाले ट्वीट गर्दै लेखिन्, दुखद समाचार । एक कुरा जो मलाई हमेशा याद रहनेछ । त्यो हो वाजिद भाईको हाँसो । उनी हरेक क्षण मुस्कुराउँथे । धेरै छिटो गएउ साथी । उनको परिवारमा शोक व्यक्त गर्ने सबै प्रति मेरो समवेदना छ । तिम्रो आत्माले शान्ति पाओस् मेरो साथी ।

https://twitter.com/priyankachopra/status/1267196963008602112?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1267196963008602112&ref_url=https%3A%2F%2Faajtak.intoday.in%2Fstory%2Fwajid-khan-of-music-director-duo-sajid-wajid-passed-away-coronavirus-tmov-1-1196337.html

 

गायिका मालिनी अवस्थीलेपनि ट्वीट गर्दै लेखेकी छिन् यो विश्वास नै गर्न नसक्ने खबर हो । मलाई अविश्वसनीय लागिरहेको छ । वाजिद खान गए ? यो के भइरहेको छ ? दिवंगत आत्माका लागि प्रार्थना गर्दछु ।

 

गायिका हर्षदीप कौरलेपनि ट्वीट गरे । वाजिद खान जीको परिवार प्रति मेरो गहिरो समवेदना । अझै मलाई विश्वास लागिरहेको छैन । की अब उ यस दुनिया रहेनन् । सँधै उनको मुस्कुराहट र सँधै खुशी रहने क्षमताको सम्झना रहनेछ । संगीत उद्योगका लागि यो अपुरणीय क्षति हो ।

https://twitter.com/HarshdeepKaur/status/1267195329679507457?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1267195329679507457&ref_url=https%3A%2F%2Faajtak.intoday.in%2Fstory%2Fwajid-khan-of-music-director-duo-sajid-wajid-passed-away-coronavirus-tmov-1-1196337.html

 

सलमान खानका लागि सुपर हिट रह्यो साजिद–वाजिदको जोड़ी

तपाईलाई बताउँ की साजिद–वाजिदको जोड़ी बलिउडको दबंग सलमान खानका लागि संगीत तयार गर्दथे । वाजिद खानले साजिदका साथ मिलेर सलमानका लागि कयौँ गीतको निर्देशनपनि गरेका छन् । उनको दबंगको सर्वाधिक चर्चित गीत सँधै चर्चामा छ । साजिद–वाजिदले १९९८ मा सलमान खानद्धारा अभिनीत फिल्म प्यार किया तो डरना क्या देखि आफ्नो करियर सुरुवात गरेका थिए । यसपछि यो जोड़ीले एकपछि अर्को हिट फिल्मका लागि संगीत दिए ।

 

उनीहरुले चोरी चोरी, हेलो ब्रदर, मुझसे शादी करोगी, पार्टनर, वांटेड, दबंग (१,२ र ३) जस्ता सर्वाधिक लोकप्रिय फिल्ममा उनीहरुको संगीत समावेश छ । साजिद–वाजिदको जोड़ीले हालैपनि सलमान खानका लागि (भाई–भाई) कम्पोज गरेका थिए । यसले सलमान खानपनि स्तब्ध बनेको जनाइएको छ । एक गायकका रुपमापनि वाजिद खान देख्न पाइन्छ । उनले सन् २००८ को फिल्म पार्टनरका लागि गीतपनि गाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु