दैलेख । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले निषेधाज्ञा नारायण नगरपालिकाको पूर्वमा लोहोरेखोला, पश्चिममा छामघाट, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको माथिल्लो ढुगेश्वर, चुप्रा शिरिस्थान, पश्चिममा पादुकाखोला र कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र पश्चिममा पादुकाखोलासम्म जारी गरिएको जानकारी दिए ।

 

 

कोरोना सङ्क्रमणको जोखिम मानिएको नारायण नगरपालिका क्षेत्रभित्र आवतजावत तथा अतिआवश्यक पर्ने सवारी साधन, औषधि, आन्तरिक सुरक्षालगायतका क्षेत्रबाहेक सम्पूर्ण कार्य बन्द गरिने जनाइएको छ । निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । साथै सङ्क्रमणबाट जोगिन, भीडभाड नगर्न नगराउन, जमघट नहुन सबैलाई प्रशासनले आग्रह गरेको छ ।

 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा आज ९७ जनाको कोरोना भाइरस पोजेटिभ छ । जसमा दैलेखकै मात्र ९० जना र जुम्लाका ३ जना, हुम्लाका १ जना, दोलखाका १ जना, रामेछापका १ जना र गोरखाका १ जना संक्रमित देखिएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु