काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महराबाट केही सिक्न सकिन्छ । मानिसलाई जस्तो परिस्थिती आउँछ त्यस्तै अवस्थामा जीवन जीउन सक्ने मानव कला नै सार्थक मानव जीवन हो । यस्तो कला भएको मानिसले कहिलै निरास भएर जीवन जीउनु पर्दैन । परिस्थितीले एकैपटक गर्लल्यामगुर्लुम्म नढलाएको भए यतिबेला उनी संसद बैठकमा हुन्थे । राजनीतिक रस्साकस्सी मिलाउँन चटारोमा हुन्छ । तर उनको अहिलेको परिस्थिती जे हो उनी त्यही भएर जीइरहेका छन् । उनी हालै बारी जोत्दै गरेको एउटा फोटो सार्वजनिक गरेका छन् । दाङबाट केही दिन अघि पुर्ख्यौली गाउँ रोल्पा पुगेका उनी खेतिपातीमा लागेका छन् ।

 

 

उनले राजनीति गरेदेखि सधैं बाहिरको बाहिरै रहनुपरेकाले आफ्नो बारी जोत्ने मौका नमिलेको र अहिले खेतिपातीको समय सुरु भएकाले कामका लागि परिवारका सबै सदस्य पुर्ख्यौली घर आएको बताए । पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् । दिउँसो भेटघाट र छलफलमा बिताउँछन् । महरा पहिलेदेखि नै कडा परिश्रम गर्ने र अहिले पनि उस्तै काम गर्ने गरेको उनका ज्वाइँ पूर्ण केसीको भनाइ छ। । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उनलाई जेठो छोरा एटमले सघाउने गरेको केसी बताउँछन् ।

 

रोल्पा नगरपालिकाका मेयर समेत रहेका पूर्ण केसीले महराले धेरैजसो जग्गा रोल्पा पोलिटेक्निक कलेजलाई निःशुल्क दान गरेर थोरै पाखो बारी बाँकी राखेको र त्यसैमा खनजोत गरिरहेको बताए । सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषिकर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएको मेयर केसीले बताए । ‘कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको बेला कृषि उत्पादनलाई बढाउन गरिने गतिविधिलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ,उनले भने ।

 

सभामुख पदमा रहेकै बेला एक कर्मचारीले आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् । यो प्रकरणपछि महरा धेरैजसो समय आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ र आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाटका लागि गइरहन्छन् । पछिल्लो पटक करिब एक साताअघि स्वास्थ्य सामग्रीहरु लिएर महरा दाङ गएका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु