काठमाडौ । काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पसल, ब्यवसायीहरुले आफ्नो पसल र व्यबसाय स्वस्फुर्त खोल्न थालेका छन् । त्यो देखेपछि प्रमुख जिल्ला अधिकारीहरुले पसल खोल्नेहरुमाथी कडाई गर्न प्रहरी परिचालन गरेका छन् । व्यापारीले पसल खोल्न लाग्दा प्रहरीले अवरोध गरी थप कडाइ गरेको हो । प्रहरीले काठमाडौका विभिन्न क्षेत्रमा खुलेका पसललाई बन्द गर्न लगाएको छ ।

 

 

सरकारले लकडाउनको समय बढाए पछि व्यापारीले त्यसको बिरोधमा उत्रिएका व्यापारीलाई जिल्ला अधिकारीह‍रुले पसल खोल्ने निर्णय गरे पछि व्यापारीले केहि राहत महशुस गदै पसल खोल्दै गर्दा प्रहरीले भने बन्द गराउदै थप कडाइ गरी रहेको छ । महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको आदेश जुन मोडालिटीमा छ, त्यही अनुसार प्रहरीले कार्यान्वयन गरिरहेको बताए । उनले भने, ‘हामीलाई आदेश नआउञ्जेल कडाइ नै हुन्छ ।’ उनका अनुसार मंगलबार बिहान मात्रै लकडाउन उल्लंघन गरेको आरोपमा उपत्यकाका तीन जिल्लाबाट १७ सय सवारीसाधन नियन्त्रणमा लिइएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु