काठमाडौं । नेपालबारे पटकपटक विवादित बयान दिदैं आएकी सरिता गिरीलाई तत्काल कारवाही गर्न माग गरिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले संघीय सांसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीलाई एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि बढाउन माग गरेको हो । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ‘राष्ट्रिय युवा संघ, नेपाल’ ले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हित र सीमा सुरक्षा विपरित गिरीले अभिव्यक्ति दिएकाले कारबाही गर्न संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीलाई आग्रह गरेको हो । प्रेस विज्ञप्तीको पुर्णपाठः

 

 

संघीय संसद सदस्य तथा जनता समाजवादी पार्टीकी नेतृ सरिता गिरीले संघीय संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित दिएको अभिव्यक्ति प्रति राष्ट्रिय युवा संघ नेपालको गम्भिर ध्यानाकर्षण भएको छ । नेपालको संविधानको धारा ५ बमोजिम नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनता, स्वाभिमान, नेपालीको हक हितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हीतको आधारभूत विषय हुन् भनि संविधानले परिभाषित गरेको र धारा ४८ ले संविधानको पालना गर्ने कर्तव्य समेत तोकिदिएको तथ्य माननीय सरिता गिरिलाई स्मरण गराउन चाहान्छौं ।

 

संसदको सदस्य निर्वाचित भई कार्यकाल संहाल्नु अघी संविधानको संरक्षण र पालना गर्ने शफत खाएको साँसदले नेपालको सार्वभौम सत्ता, अखण्डता र राष्टिय एकताको विरुद्धमा सार्वभौभ संसद लगायत सार्वजनिक संचार माध्यममा दिएको अभिव्यक्तिले जनप्रतिनिधिको हैसियतले नेपालि जनताको प्रतिनिधित्व गर्ने संवैधानिक र नैतिक हैसियत निज स्वयमले च्युत गर्नु भएको हाम्रो संगठनको ठहर रहेको छ । साँसद गिरिको यस खालको अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्टहित विपरितको हर्कतको राष्ट्रिय युवा संघ नेपाल घोर आपत्ति र भत्र्सना गर्दछ ।

 

साथै यस्तो गैर जिम्वेवार व्यक्तिलाई सँसद सदस्यवाट अविलम्व फिर्ता वोलाउन सम्वन्धीत राजनीतिक दललाई गंभिरतापुर्वक अनुरोध पनि गर्न चाहान्छ । त्यसै गरि यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानून बमोजिम कारवाहि गर्न सम्बन्धित निकायसँग माग गर्दछ । निजका विरुद्धमा संघिय संसद सचिवालय र जनता समाजवादी पार्टीले एकहप्ताभित्र आवश्यक कानूनी कारवाही अघि नबढाए यो विषयलाई हाम्रो संगठनले गंभिरतापुर्वक लिने व्यहोरा समेत यसै वक्तव्य मार्फत स्पष्ट गर्न चाहान्छौ । त्यसवाट उत्पन्न हुने परिस्थितिको जिम्वेवार स्वयम निज सरिता गिरि र सम्वन्धीत दल हुने व्यहोरा समेत अग्रिम जानकारि गराउन चाहान्छौ ।

 

साथै पछिल्लो समय मुलुकका विभिन्न स्थानहरुमा घटेका प्रतिनिधिमुलक घटनाहरुमा समेत संगठनको गम्भिर ध्यानाकर्षण भएको छ । रुकुमको चौरजहारी तथा रुपन्देहीको गाईफार्ममा घटेका विभत्स घटनाहरुमा मिहिन र निष्पक्ष अनुन्धान गरी दोषीउपर कडा कारावाही गर्न र घटनाको वस्तुगत अनुसन्धान गरी फेरी यस्ता घटना दोहोरिन नदिने मानविय चेतना निर्माणको काममा ध्यान दिन समेत सरकारसँग आग्रह गर्दर्छौ ।

 

यसैगरी अछामको बयलपाटा अस्पतालको जागिरबाट निकालिएका सिदार्थ आउजीको आ त्मदा ह प्रकरणले अस्पतालको असंमबेदनशिलता र राज्यको उत्तरदायित्वमाथि निर्मम प्रश्न खडा गरेको छ । अत अस्पताल प्रशासनमाथि छानविन गर्न र आउजीको परिवारमा क्षतिपुर्तिको व्यावस्था गर्नसमेत माग गर्दै संगठनका तर्फबाट उनको परिवारलाई आर्थिक सहयोग प्रदान गर्ने घोषणा समेत गर्दर्छौ । कोरोना महामारीका कारण गुम्नसक्ने रोजगारी र विपन्न युवा तथा बेरोजगार एवं नागरिकहरुले उठाउनसक्ने यस्ता निर्मम र आत्मघाति कदमप्रति राज्य जिम्मेवार रहेर अभिभावकको नेतृत्वदायी भुमिका निभाउने दायित्वमा नचुक्न अपिल गर्दर्छौ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु