काठमाडौ । नेपाल सरकार,गृह मन्त्रालय सचिवस्तरको २०७७ जेठ ३२ गतेको निर्णयअनुसार प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएकाप्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले उक्त निर्णय अनुसार पदोन्नति भएका ७३ जनामध्ये ४१ जना प्रहरी निरीक्षकहरुलाई सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

 

उक्त अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नतिभएकाअधिकृतहरुलाई बधाई तथा शुभकामना दिँदैपदोन्नति पश्चात सांगठनिक जिम्मेवारी थपिएकोले प्राप्त जिम्मेवारी एवम् संगठनको उद्देश्य पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षता प्रदर्शन गरी उच्च मनोबलकासाथ उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीको सक्रिय सदस्यको रुपमा फिल्डमा खटि आर्जन गरेको सिप, दक्षता र कार्यकौशलता लगायतको मुल्याङ्कन गरी पदोन्नति गरिएको उहाँले चर्चा गर्नुभयो ।

 

देश र जनताप्रतिको कर्तव्य बोधमा कहिल्यै पनि विचलित नभई आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै चुनौति एवम् विषम परिस्थितिमा पनि प्रहरी कर्मचारीहरुलेआवश्यक संयमता अपनाई राज्यले सुम्पिएको जिम्मेवारी निर्वाह हुने विश्वास लिएको र सोही अनुरुप परिचालित हुनुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरुजहिले पनि व्यवसायिक निष्ठा र कर्तव्यबोधमा केन्द्रीत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड(१९० को कारण सृजना भएको विषम परिस्थितिमा सक्रिय रुपमा अग्रपङ्तिमा खटिएर नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले आगामी दिनहरुमा थप अग्रसरता, संवेदनशील र व्यवसायिक भई परिस्थिति अनुसार कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।

विभिन्न अपराधको प्रकृति र प्रविधि परिवर्तन भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले प्रविधिको प्रयोगबाट सिर्जित अपराधप्रति सजग हुँदै नयाँ प्रविधिहरुको प्रयोगमा आफूलाई अभ्यस्त बनाई परिस्थिति अनुसार ऐन कानूनको पूर्ण जानकारी राखेर अगाडि बढेमा समाजबाट अपराध र विकृति विसंगतिहरुलाई हटाउन सकिने बताउनुभयो । संगठनप्रति हुने प्रहारहरुलाई परास्त गर्दै व्यक्तिगत स्वार्थ भन्दा संगठनको श्रीवृद्धिको लागि सवै प्रहरी कर्मचारीहरु एकजुट हुन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरीनिरीक्षक गणेश राज उप्रेतीले संगठनले अंगिकार गरेको नीति अनुरुप दृढ, व्यवसायिक एवम् कुशलतापूर्वक प्राप्त जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धताव्यक्त गर्नुभयो । पदोन्नति भएकामध्ये २ जना संयुक्त राष्ट्र संघीय मिसनमा तथा ३० जना उपत्यका बाहिर कार्यरत रहेकोले सम्बन्धित कार्यालयमा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने कार्यक्रम रहेको छ ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु