काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकका लागि बिभिन्न ७ वटा एजेण्डा तय भएका छन् । काठमाडौंको वालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज बसेको बैठकले कोरोना रोकथाम, नियन्त्रण र उपचार, सीमा समस्या र समाधान, एमसीसी, सरकारको कामको समीक्षा, पार्टी एकताको बांकी कामसहितका एजेण्डा तय गरेको हो । पहिलो दिन आजको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले धारणा राख्नु भएको छ । बैठकपछि सञ्चारकर्मीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले पर्सि शुक्रबारबाट बिषयबस्तुमाथि गम्भीर छलफल हुने जानकारी दिनुभयो ।

 

बैठकलाई सम्बोधन गर्दै अध्यक्षद्वले लामो समयपछि बसेको स्थायी कमिटी बैठकमा जिम्मेवारीपूर्वक धारणा राख्न सदस्यहरुलाई आग्रह गरेका थिए । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले अहिलेको परिस्थितिमा पार्टी, सरकारको कामबारे सकारात्मक सन्देश जानेगरी आफ्ना सुझाव, आलोचना र जिम्मेवारीपूर्वक छलफल गर्न आग्रह गर्नुभएको थियो । अध्यक्ष दाहालले पार्टी, कम्युनिस्ट आन्दोलन, देशको परिस्थिति, आदर्शलाई केन्द्रमा राखेर जिम्मेवारीका बारेमा गम्भिरतापूर्वक छलफल गर्न आग्रह गर्नुभयो ।

 

नेकपाले रुकुम घटनाको सन्दर्भ, प्रतिनिधिसभामा पेश भएको नागरिकता विधेयक र कोभिड– १९ को संकटका सन्दर्भमा सरकारले सबै कर्मचारीले बैठक भत्ता नलिने निर्णय गरेको सन्दर्भमा संघीय सांसद र प्रदेश सांसदले पनि बैठक भत्ता नलिने गरी अन्य पार्टीहरुसँग छलफल गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु