काठमाडौं । सत्तारुढ नेकपामा अब एक किसिमको मन्थन आउँने संकेत देखिएको छ । अघिल्लो पुस्ताको एकताले नेतृत्व बाँधिने सुखद संकेत देखिएको हो । पार्टी एकता, राष्ट्रिय भावनाको सरकार रक्षाका लागि नयाँ र युवा जो नेकपाको दोस्रो पुस्ताको रुपमा दोस्रो लेयरमा छन् उनीहरुले पार्टीभित्र हस्तक्षेप गर्ने संकेत देखिन्छ ।

 

पार्टी भित्र बढिरहेको अन्तरसंघर्षको उत्कर्षमा अनेक खालका अनुमान र टिक्का टिप्पणी भईरहेको बेला मंगलबार मध्यरातका दुई ट्वीटले नयाँ संकेत गरेको स्पष्ट छ । पार्टीका प्रभावशाली स्थायी कमिटि सदस्यहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएर सरकार र पार्टीको रक्षा गर्ने स्पष्ट सिग्नल दिएका छन् । कुनै समय तत्कालिन नेकपा एमालेमा नेता माधबकुमार नेपाल तर्फका स्पष्ट पक्षधरता प्रभावशाली नेता घनश्याम भुसाल र योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई स्पष्ट साथ दिने सिग्नल दिएका हुन् । उनीहरुले आजसम्मको मन्थनले पार्टी अप्ठ्यारोमा पर्ने भएकाले पार्टी र सरकारको बचाउँका लागि दोस्रो तहका सबै नेताहरुबीच एकताको प्रयास गरेकोपनि बुझिएको छ ।

 

उता तत्कालिन माओवादी केन्द्रका नेता एवं गृहमन्त्री राम बहादुर थापा बादललेपनि ओलीलाई नै साथ दिने पक्का देखिएको छ । यही बेला पार्टीलाई विखण्डन गर्ने गरी ओलीको अध्यक्ष एवं प्रधानमन्त्रीको राजिनामा मागलाई परास्त गर्न उनीहरु एक जुट हुने देखिन्छ । प्रभावशाली नेता घनश्याम भुसालले मध्यरात गरेको एक ट्वीटले पार्टीभित्र दोश्रो पुस्ताले हस्तक्षेप गर्ने संकेत देखिएको हो ।

https://twitter.com/gsbhusal/status/1278045359780950017

 

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली सचिवालय र स्थायी कमिटिमा विवादमा रहेको अवस्था र निरन्तरको अन्तरसंघर्षका कारण पार्टीमा पुग्ने असर विश्लेषण गर्दै हस्तक्षेपको तयारीका लागि मध्यरात अबेरसम्म पूर्व एमाले र पूर्व माओवादी तर्फका दोश्रो पुस्ताका थुप्रै नेताहरुबीच अबेरसम्म छलफल भएको स्रोतले बताएको छ ।

 

मंगलबार राति १ बजेर ३ मिनेटमा नेता तथा कृषि मन्त्री घनश्याम भुसालले सामाजिक सञ्जाल ट्वीटरमार्फत लेख्नुभएको छ ‘हाम्रो जहाज महाभुमरीमा हेलिने अनिष्ट सम्भावना नजिकिन थाल्यो । अर्थात्, हामी हरेकले फेरि एकपटक विवेक र धैर्यको परीक्षा दिनुपर्ने भयो । नहडबडाएर, एकताबद्ध भएर यसको सामना गरिनेछ ।’ यसको संकेत भनेको ओलीको राजिनामाको माग विफल बनाउँन दोस्रो लेयरका नेताले अब कसरत गर्नेछन् भन्ने नै हो ।

 

यसैगरी पर्यटनमन्त्री योगेश भट्टराईले पनि पार्टीभित्रको संघर्षलाई लिएर मंगलबार राति नै सामाजिक सञ्जालमा लेख्नुभएको छ ‘आदरणीय कमरेडहरू, एकपटक आफैलाई हेरौं, अर्कालाई बुझौँ, टाढा नजाऔँ, नजिक आऊँ, संवाद गरौँ संवाद  ।’ यसलेपनि योगेश समेत ओलीको कित्तामा हुनुहुन्छ भन्ने स्पष्ट संकेत गर्दछ ।

 

https://twitter.com/yogesbhattarai/status/1277985316863750147

यस्तै नेकपा केन्दीय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले आफ्नै शैलीमा लेख्नुभएको छ ‘प्रधानमन्त्रीका कमजोरी होलान तर प्रधानमन्त्रीमाथिका ह मलाहरु नियोजित डिजाईनका स्पष्ट श्रृङ्खला हुन । बदनाम, आक्र मण र ध्व स्त । चरणहरु यीनै हुन। बाँकी धैर्यतापुर्वक हेरौ । अरुलाई पुर्ने खा ल्डो ख न्नेले आफ्ना लागि पनि खनिरहेकै हुन्छ ।’ सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार एवं नेकपा केन्द्रीय सदस्य सूर्य सुवेदीले पनि राजनीतिक घटनाक्रमलाई विम्बित हुने गरी स्टाटस लेख्नुभएको छ ‘उ त्तेजना, आ वेग र क्ष णिक लाभहानी होइन । दीर्घकालीन हित र लक्ष्यलाई अगाडि राखेर एकताबद्ध भएर संश्लेषण गर्नु नै अहिलेको आवश्यकता हो ।’ यो विचारले बादलपनि ओलीकै कित्तामा हुनुहुन्छ भन्ने स्पष्ट छ ।

https://twitter.com/GokulPBaskota/status/1277948248213225473

 

साँझबाट स्थायी कमिटि सदस्य घनश्याम भुसाल र योगेश भट्टराईले दोश्रो पुस्ताका नेताहरुसंग अनौपचारिक रुपमा विभिन्न माध्यमबाट छलफल गरी पार्टीलाई दुर्घटना हुन नदिने गरी हस्तक्षेप गर्ने तयारी गरिरहेको विश्वस्त स्रोतले जानकारी दिएको छ । उहाँहरुले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीको राजिनामाले पार्टी खण्डित हुने र यो नै बेला उहाँको राजिनामा उपयुक्त समय हैन भन्ने ठम्याई छ । आउँने पात्रलेपनि जादुको छडी झै केही परिवर्तन गरिहाल्छन् भन्ने अपेक्षा गर्न नसक्ने बरु जनताका थुप्रै मुद्धामा ओली नेतृत्वमा काम भइरहेकाले ती तमाम काम टुंगोमा पुर्याएर मात्र राजिनामा कुरा उठाउन सकिने दोस्रो लेयर बुझाई छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु