काठमाडौं । बुधबार बिहान तमिलनाडुको नेवेली पावर प्लान्टको बायलर स्टेज २ मा धमाका हुँदा चार जनाको मृत्यु भएको छ । दैनिक भास्करले जनाए अनुसार १३ जना गम्भीर घाइते भएका छन् । नेवेली लिग्नाइट कर्पोरेशन लिमिटेड (एनएलसी) को प्लान्ट कुडलोरको चेन्नईमा रहेको छ । प्लान्टको आफ्नै एम्बुलेन्स टोलीहरू छन् ।

 

 

एम्बुलेन्स टोलीहरू धमाकापछि उद्धार कार्यमा व्यस्त छन् । यसका साथ कुडलोर जिल्ला प्रशासनका उद्धार टोलीहरू पनि घटनास्थल पुगेको समाचारमा बताइएको छ । कुडलोरको प्लान्ट चेन्नईबाट १८० किलोमिटर टाढा रहेको छ । जानकारी अनुसार यस प्लान्टमा कुल ३,९४० मेगावाट बिजुली उत्पादन हुन्छ । अर्को तिर १,४७० मेगावाट बिजुलीको उत्पादन बायलरमा हुन्छ जहाँ धमाका भयो । एनएलसीले २७ हजार कामदारलाई रोजगार दिएको छ । यी मध्ये १५ हजार कामदार कन्ट्रायकमा काम गर्दै आएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु