काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले निजामति कर्मचारीको उच्च अधिकारीका रूपमा काम गरिसकेका जाँ कास्टेक्सलाई शुक्रबार नयाँ प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री एडुअर्ड फिलिपले राष्ट्रपति समक्ष शुक्रबार राजीनामा दिएपछि उहाँको स्थानमा काटेक्सलाई नियुक्त गरिएको हो ।

नगर निर्वाचनमा वातावरण पक्षधर समूहको बहुमतसँगै सरकारमा नयाँ समूहको आवागमनको अनुमानहरू गरिएका थिए । राष्ट्रपतिको सत्ताधारी दल द रिपब्लिक अन द मुभ पार्टीलाई सन् २०१७ पछि मार्चमा भएको नगरहरूको निर्वाचनमा कुनै पनि प्रमुख शहरमा सफलता मिलेको थिएन ।

फिलीप र उहाँको सम्पूर्ण समूहले सरकारबाट शुक्रबार नै राजिनामा दिइसकेको छ । राष्ट्रपतिले आगामी सरकारलाई महामारीका कारण आएको आर्थिक सङ्कटसँग जुझ्न तयारी गरिरहेका भनाइहरू राजनीतिक विश्लेषकहरूले राख्दै आएका थिए ।

यसअघि, निवर्तमान् प्रधाानमन्त्री फिलीपले राष्ट्रपतिको अनुरोधमा नयाँ सरकार नबन्दासम्म कामचलाउ प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्ने बताउनुभएको प्रधानमन्त्रीको सरकारी कार्यालय, एलिसीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

स्थानीय निर्वाचनमा राष्ट्रपतिको दलले अनपेक्षित धक्का र राष्ट्रपतिका सुधारका कार्यक्रमको व्यापक विरोधबारे एक क्षेत्रीय पत्रिकाले लिएको अन्तवार्तामा धारणा राख्दै स्थानीय समय अनुसार बिहीबार राति राष्ट्रपति म्याक्रोँले आफ्नो प्रशासनको नयाँ चरणका रूपमा आर्थिक, सामाजिक तथा स्वास्थ्य चुनौतीहरूलाई समाधान गरेर अघि बढ्ने बताउनुभएको थियो ।

नयाँ चरणमा स्वतन्त्रता, पुनः निर्माण, पुनः मिलन तथा नयाँ उपायहरूको लक्ष्यलाई प्रशासनको नयाँ नेतृत्वमार्फत अघि बढाइने अन्तर्वार्तामा उहाँले बताउनु भएको छ । नयाँ मार्गको नेतृत्वका नयाँ समूहको छनोट भइरहेको उहाँले बताउनुभएको थियो । तर उहाँले एडुअर्ड फिलीप र उहाँको मन्त्री परिषद्बारे प्रत्यक्ष केही बताउनुभएको थिएन ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु