काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मस्थलको बारेका दिएको अभिव्यक्तिलाई पर्साका ठोरीबासीले स्वागत गरेका छन् । भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले मर्यादा पुरुषोत्तम रामको जन्म पर्साको ठोरीमा भएको बताएपछि ठोरीबासी हर्षित भएका हुन् । उनीहरुले रामको जन्म ठोरीमा भएको सरकारलाई जानकारी हुँदासमेत यो ठाउँ ओझेलमा परेको गुनासो गरेका छन् ।

राज्य स्तरबाट ओझेलमा परेको ऐतिहासिक एवं धाार्मिक पर्यटकीयस्थल ठोरी अन्तराष्ट्रियस्तरमा प्रचार भएको भन्दै यसको धार्मिक तथा पर्यटकीय विकासको लागि सरकारको ध्यानकर्षण गराउने पनि जानकारी दिएका छन् । ठोरी गाउँपालिकाका वडा नम्वर १ का वडा अध्यक्ष रामप्रकाश कुँवरले ओझेलमा परेको धार्मिकस्थल ठोरीलाई सरकारले सहयोग गर्ने बिश्वास ब्यक्त गर्नुभयो । ठोरी छोटी भन्सारभन्दा दक्षिणमा सीता गुफासँगै मन्दिर रहेको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु