संविधानसभामा रहेका करिब डेढ सय सभासद्हरुले छिटो प्रकृया अगाडि बढाएर माघ ८ गते संविधान जारी गर्न संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई औपचारिक आग्रह गरेका छन् ।

आईतबार सिंहरदबारमा नेम्वाङसँग भेट गरी उनीहरुले प्रकृया अघि बढाउन आग्रह गरेका हुन् । आग्रहपछि सभाध्यक्ष नेम्वाङले आ–आफ्ना पार्टीमा पनि यसरी नै दबाब दिन आग्रह गरेका थिए ।

भोलिसम्म सहमति नभए संविधानसभा अडिएर बस्न नसक्ने नेम्वाङको भनाइ थियो । नेम्वाङले सहमतिका लागी भन्दै प्रधानन्यायधिशलाई नै अन्तरिम मन्त्रीपरिषद बनाएको स्मरण गर्दे दलहरुले चाहे तत्काल सहमती हुन सक्ने उल्लेख गरे ।

सभाध्यक्ष नेम्वाङले दलहरुबिच सहमति भए कम्तिमा १० दिन वा बढिमा १४ दिन भित्रमा बिद्ययेक मस्यौदा तयार गर्ने बताए । दलहरुको आफ्नो बाध्यता हुन सक्ने कुरालाई मध्यनजर गर्दे आफुले सबै जिम्मा लिदै बिष पिउन तयार रहेको धारणा राखेको उन भनाई छ ।

सम्बन्धित खबरहरु