काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालमा नै जन्मेका र अयोध्या पनि नेपालमै पर्ने बताए पछि धार्मिक र सांस्कृतिक क्षेत्रमा बहस सुरु भईरहदा चितवनको माडी स्थित अयोध्यापुरीमा पुरातत्त्व विभागले आजबाट अनुसन्धान सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालको अयोध्यामा भएको भन्ने अभिव्यक्ति सार्वजनिक भएपछि विभागले माडीको अयोध्यापुरीमा अनुसन्धान गर्ने भएको हो ।

 

पर्सा र चितवनको ठोरीनजिकै रामको जन्म भएको भनिए पनि चितवनको माडी नगरपालिका क्षेत्रमा नै सयौँ वर्ष पुराना इटाका टुक्रा, ढुङ्गा, माटो लगायत केही भौतिक सामग्री रहेकाले यहीँ हुनसक्ने यहाँका स्थानीयले अनुमान गरेका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले नगरपालिका परिसरमा पुरोहित तथा पण्डितहरु सगं कुराकानी गदै गर्दा यसको धार्मिक कथन के हो ग्रन्थहरुले के भन्छ र हिमवत्खण्डमा यसको व्याख्या गरेको कुरा अगाडी आएको बताउनुभयो । कुराकानीमा अयोध्या भनिएको गाउँ नजिकै पर्वत तिरबाट आउनुभएका पुरी बसोबास गरेको र पछि उहाँहरुले अयोध्या र पुरीलाई जोडि अयोध्यापुरी नामकरण भएको बताउनुभयो ।

 

 

वडा नं १ वाल्मिकी क्षेत्रमा लवकुशको घोडा बाँध्ने स्थान, लवकुश खेल्ने स्थान, कुवा, सीता पाताल भासिएको स्थान त्यहाँ भेटिएको प्रमाणहरू र धार्मिक ग्रन्थमा उल्लेख भएका विषय मिल्ने गरेको नगरपालिका प्रमुख ढकालले बताउनुभयो । यस्तै सामुदायिक रेडियो माडीसगं कुराकानी गदै पण्डित सुर्दशन सुबेदीले बैद्धिक सनातन धर्ममा जति चोटि सृष्टि भयो तेती चोटि यसको बिनास पनि भयो भन्ने गरेको र कल्प अनुसार कुनै कल्पमा अयोध्या पर्ने र कुनै कल्पमा अयोध्या नपर्ने विभिन्न चिज हुन सक्ने बताउनुभयो । यस्तै कुराकानीमै हाम्रोमा भने अर्को अयोध्या छ है भनेर खोजी नभएको र अयोध्या एउटा वा दुईवटा भएको खोज गर्नुपर्ने र भारतमा भएको आयोध्या पनि विवादमा रहेकाले त्यसैलाई आधिकारिक मान्न नसक्ने बताउनुभयो ।

 

माडी नगरपालिकाको वडा नं ८ मा पर्ने आयोध्यापुरी क्षेत्रमा हेर्नको लागि जिल्लाबाहिरबाट पनि आउन थालेका छन् । अयोध्यापुरीको विषयमा जानकारी लिन आउनेहरूलाई सही सूचना दिनको लागि तथा खोज, उत्खनन् र अनुसन्धानमा सघाउनको लागि तत्कालीन गाविस अध्यक्ष नारदमणि पौडेलको अध्यक्षतामा समिति गठन भएको छ ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

https://www.youtube.com/watch?v=aJV69lNtN9w&t=612s

 

सम्बन्धित खबरहरु