काठमाडौं, साउन ६, २०७७ — एप्पलको नेपालका लागि आधिकारिक वितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका असली उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु (म्याकबुक्स, आइप्याड, आइम्याक) को एक मात्र वितरक जेननेक्स्टले आइफोन नेपालमा आईफोन एसई सार्वजनिक गरेको छ । यो ६४जीबी, १२८जीबी र २५६ जीबीमा कालो, सेतो र रातो कलर अप्सनमा उपलब्ध रहेको छ । सबैभन्दा प्रत्याशित आईफोनहरु नेपाली बजारमा भित्रिएका छन् जसले स्मार्टफोन प्रेमीहरु माझँ उत्साहपूर्ण प्रतिक्षा जगाएको छ ।

ग्राहकहरुलाई असली एप्पल उत्पादनहरु आधिकारिक च्यानलहरुबाट मात्र खरिद, सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि अनुरोध गरिन्छ । हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, आइस्टोर, राइजिंग मल, क्वालीटी कम्प्यूटर (विर्तामोड, झापा)।

मोबाइल ट्रोन, फ्युचर टेक ट्रेडबाट मात्र खरिद गर्नुहोस् र जेननेक्स्टको होलोग्राम बक्समा हेर्न नभुल्नुहोला । तपाईंले खरिद गर्न लागेको उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न गर्नुहोस् ।

सावधान हुनुहोस् र स्ट्याण्डर्ड प्रोडक्ट वारेन्टी प्राप्त गर्नका लागि तपाईंले सक्कली उत्पादनहरुमा मात्र रकम खर्च गर्दै हुनुहुन्छ भन्ने सुनिश्चिित गर्नुहोस् । ग्रे फोनहरु अवैध रुपमा देशमा आयात हुने गरेका छन् र ती उच्च मुल्यका हुन्छन् । त्यस्ता फोनहरुको कुनै वारेण्टी हुँदैन र फोन भित्रका विभिन्न पार्टहरु पनि न्यून गुणस्तरका सामाग्रीहरु राखेर फेरिएका हुन्छन् । हामीहरु तपाईंलाई सक्कली उत्पादनहरु मात्र खरिद गर्न र अनधिकृत खरिद च्यानलहरु बाट टाढै रहन अनुरोध गर्दछौं ।

सम्बन्धित खबरहरु