एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाविरुद्धको भ्याक्सिन विकास गर्न चीनसँगै अन्य कुनै पनि देशसँग मिलेर काम गर्न प्रस्ताव गरेका छन् । उनले भ्याक्सिन नै अन्तिम विकल्प भएकाले सहकार्य गर्न अमेरिका तयार रहेको स्पष्ट पारेका हुन् । चीनसँग बढ्दो तनावका बीच राष्ट्रपति ट्रम्पले यस्तो प्रतिक्रिया दिएपछि विश्व राजनीतिमा केही ग्रिन सिग्नल आएको छ ।

 

 

उनले मंगलबार खोपको विकास गर्नका लागि चीनसँग पनि साझेदारी गर्नुहुन्छ कि हुन्न भन्ने प्रश्नमा जवाफ दिँदै साझेदारीका लागि तयार रहेको बताएका हुन् । ‘हामी पनि खोपको विकास गर्न राम्रैसँग काम गरिरहेका छौं,’ उनले भने, ‘हामीले आशा गरेभन्दा छिट्टै पनि केही सकरात्मक नतिजा आउन सक्छ ।’ उनले खोप पत्ता लागेसँगै तत्काल नागरिक स्तरमा पुर्‍याउन अमेरिकी सेनाको सहयोग लिइने उनले बताए ।

सबैको जानकारीका लागि सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु