काठमाडौं । कर्णाली नदी कटानका कारण बर्दियाका राजापुर र गेरुवा बाढीको उच्च जोखिममा परेका छन् । लगातारको वर्षाले कर्णालीमा जलसतह बढेपछि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटीय क्षेत्र बाढीको उच्च जोखिममा परेका हुन् ।

राजापुर– ३ को तिघ्रामा कर्णालीले तटबन्ध भत्काउन थालेपछि स्थानीयवासी त्रसित्र बनेको स्थानीय प्रशासनले जनाएको छ । नदीमा पानीको बहाब बढ्दै जाँदा करीब पाँच सय मिटर तटबन्ध भत्किने खतरा बढेको छ ।

बाँध कटान गरिरहेका कारण करीब ६५ घर परिवारलाई राजापुरस्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा सारिएको जिल्ला आपत्कालीन व्यवस्थापन कार्यालयका सूचना अधिकारी रुपन ज्ञवालीले जानकारी दिए ।

बाँध कटान भई नदीको पानी गाउँमा पसेमा तीन वटा वडाका झण्डै तीन हजार घरपरिवार डुबानमा पर्ने खतरा छ । कर्णालीमा जलस्तर ११ मिटर पार गरेपछि बाढी पस्ने जोखिम हुन्छ ।

पहाडी भेगमा वर्षा नरोकिएकाले जलस्तर बढ्ने अनुमान आपत्कालीन व्यवस्थापन कार्यालयले गरेको छ । नदीले बाँध नै कटान गर्न थालेपछि किनारका स्थानीयवासी त्रसित भएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु