काठमाडौं । नेपालमा अहिले कोरोना महामारी भयावह बन्दैछ । यो बीचमा नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षण थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

एक जना संक्रमित बारा परसौनीका हुन् । नारायणी अस्पतालका अनुसार १२ जना महिलासहित थप ३७ जनामा कोरोना पुष्टि भएको छ । ३७ जना संक्रमितमध्ये २६ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएका हुन् । पर्साको छिपहरमाई गाउँपालिका–५ का दुई जनामा पनि कोरोना देखिएको छ ।

१२ जना संक्रमित वीरगन्ज महानगरपालिका–९ का स्थानीय हुन् । वीरगन्ज कारागारका पनि दुई जनामा कोरोना पुष्टि भएको छ । अन्य संक्रमित हुनेमा वीरगन्ज १० घडिअर्वाका तीन जना रहेका छन् । श्रीपुर नयाँ बस्ती र आदर्शनगरमा थप संक्रमित देखिएका छन् ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु