काठमाडौ । बैकहरुका सीईओको तलव व्यवस्थित गर्ने विषय अहिले नेपाल राष्ट्र बैकको बहसको विषय बनेको छ । नेपालजस्तो देशमा सीईओको तलव महिनाको १८ देखि २० लाखभन्दा पनि माथि छ । राष्ट्र बैंकको गभर्नरको तलव सवा लाखमात्रै छ । तर, बैकका सीईओको तलब भने २० लाख भन्दा माथी छ ।

 

यसलाई व्यवस्थित गराउन जरुरी छ राष्ट्र बैकका एक अधिकारीले बताए । सीईओहरूको वेसिक तलव तोकेर राख्ने र अरू सुविधाचाहिँ पफर्मेन्सको आधारमा दिनुपर्छ भन्ने मान्यता हाम्रो हो उनले भने । जसले राम्रो गर्न सक्छ, पफर्मेन्सको आधारका तलव मापन गर्नुपर्छ । नाम, अनुभव, सम्बन्धभन्दा पनि कामअनुसारको पारिश्रमिक दिनुपर्छ ।

 

 

अधिकतम् २० लाख वा कतिसम्म राख्ने हो त्यो मापदण्ड बनाउनु पर्छ भन्ने मा राष्ट्र बैक छ । अहिले पनि के ही सीईओ ले बार्षिक हिसाब गर्दा मासिक २८ लाख तलबसम्म बुझेको पायौं । उहाँले बैंकमा कुनै आमूल परिवर्तन त गर्नुभएको छैन, दैनिक एक लाखभन्दा बढी तलब सुविधा खानु त अति नै भयो नि । पहिले पनि सीईओको सेवा–सुविधासम्बन्धी मापदण्ड थियो, त्यसलाई समयसापेक्षा बनाएर पुनरावलोकन गर्ने भन्ने कुरा गरिएको हो उनले बताए ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु