काठमाडौ । वीर अस्पतालका डाक्टर, नर्स र कर्मचारी सहित ७१ जना कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । आज मात्रै थप १३ जना चिकित्सक, कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि ओपिडी सेवा बन्द गरिएको छ । अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनले संक्रमितहरूमा नर्स र सरसफाइका कर्मचारी रहेको जनाए।

 

संक्रमितहरूको पूरा विवरण भने आउन बाँकी रहेको उनले बताए। मंगलबार १३ जना संक्रमित थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या ७१ पुगेको छ। ठूलो संख्यामा संक्रमित देखिएपछि बुधबारबाट लागू हुने गरी दुई दिन अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द रहने डा. सेन्चुरीले जनाए।

 

ओपिडी, वार्ड, आइसोलेसन सबै ठाउँमा संक्रमण देखिएको छ। यो दुई दिनमा आकस्मिक सेवा मात्र सञ्चालन गरेर कन्ट्याक्ट ट्रेसिङ गर्ने भनिएको हो, उनले भने। कुल ७१ जना संक्रमितहरूमा चिकित्सक, नर्स, ल्याब प्राविधिक, सरसफाइका कर्मचारी र चालक रहेको उनले बताए।

 

संक्रमितहरू कतिपय होम आइसोलेसनमा रहेको र बाँकी भने होटलमा पनि राखिएको डा. सेन्चुरी बताउँछन्। घरमा बस्न मिल्नेहरूलाई होम आइसोलेसनमा बस्न भनिएको छ। कतिलाई अस्पतालमै राखिएको छ, केहीलाई भने होटलमा पनि राखिएको छ, उनले भने।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु