काठमाडौं । प्रेम होस् या मागी, विवाह सबैका लागि कुनै सुन्दर सपना भन्दा कम हुँदैन । यसमा दुई व्यक्तिका साथै दुई परिवारको पनि मिलन हुन्छ । तर विवाहभन्दा अगाडि धेरै केटाहरु केटीलाई इम्प्रेसन गर्नका लागि कैयौं प्रकारका झुट बोल्छन् । उनीहरु केटी र उनको परिवारलाई इम्प्रेसन गर्न धेरै झुट बोल्छन् । जसमध्ये केटाहरुले बोल्ने ८ झुट यस्ता प्रकारका छन् ।

  • १) योभन्दा अगाडि मेरो कुनै अफेयर छैन । चाहे उनीहरुको जतिसुकै गर्लफ्रेण्ड होउन् ।
  • २) तिमि मात्र एकजोर लुगामा घर आउ । मलाई तिम्रो माइतीबाट कुनै पनि सम्पति चाहिँदैन ।
  • ३) विवाह पछि म चुरोट पिउन छोडिदिने छु।
  • ४) तिम्रो परिवार पनि मेरै परिवार त हो ।
  • ५) तिमि कुनै अभिनेत्रीभन्दा कम सुन्दर छैनौ ।
  • ६) विवाहपछि मेरो सारा समय तिम्रो हुनेछ ।
  • ७) मलाई तिमी हरेक रुपमा सुन्दर लाग्छेउ । तर पछि भने उनलाई आफ्नो पत्नीमा कमी नजर आउने छ ।
  • ८) विवाह पछि मेरो तथा मेरो परिवारको सारा जिम्मेवारी तिम्रो हो ।

सम्बन्धित खबरहरु