काठमाडौं । भारतका रेलमन्त्रीले भारत सरकारले नेपाललाई रेल दिएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत नेपाल–भारत रेल सम्पर्क जोडिएको कुरालाई खुःशी व्यक्त गर्दै मन्त्री पीयुष गोयलले यस्तो बताएका हुन् । उनले लेखेका छन, ‘हाम्रो नेपालसँग पुरानो सांस्कृतिक र सौहार्दपूर्ण सम्बन्ध रहेको छ ।

यस सम्बन्धलाई नयाँ आयाम दिन रेल्वेले नेपाललाई २ वटा डेमु रेल सेटहरू दियो । यी जयनगर, बिहारबाट कुर्थ, नेपाल सम्मको रेल यात्राको लागि प्रयोग गरिने छ, जसले दुबै देशका नागरिकलाई फाइदा पुर्‍याउँछ ।’ गणतन्त्र नेपालको प्रथम राष्ट्रपति डा. रामवरण यादव दिल्ली जाँदा माधव कुमार नेपाल नेतृत्वको तत्कालीन सरकार र भारतबीच पाँच नाकामा अन्तरदेशीय रेल चलाउने सम्झौता गरिएको थियो ।

भारतले दिने भनेको सात अर्ब अनुदानबाट पहिलो चरणमा निर्माण सम्पन्न भएको जयनगर–जनकपुर रेलमार्गमा चलाउन नेपाल सरकारले ८५ करोडमा दुईवटा रेल ल्याएको हो । तर भारतका एक मन्त्रीले नेपाललाई रेल दिएको भनेपछि नेपालमा पनि चर्चा सुरु भएको छ ।

उनले लेखेका छन् ।

नेपाल के साथ हमारे प्राचीन सांस्कृतिक और सौहार्द्रपूर्ण संबंध रहे हैं। अपने इसी संबधों को नया आयाम देते हुए रेलवे द्वारा नेपाल को 2 DEMU ट्रेन सेट दिये गये। इनका उपयोग जयनगर, बिहार से कुर्था, नेपाल तक की रेलयात्रा के लिये किया जायेगा, जिससे दोनो देशों के नागरिकों को लाभ होगा।

https://twitter.com/PiyushGoyal/status/1306952045690327041

 

सम्बन्धित खबरहरु