काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईमाथि अनेक आरोप लगाउने महिला पक्राउ परेकी छिन् । आफूलाई पटक पटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यौ–न हिं–सा गरेको आरोप लगाउने बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पेरिसडाँडास्थित कार्यालयमा प्रवेश गर्न खोजेपछि आइतबार बिहान उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग, कोटेश्वरका प्रहरी सहायक निरीक्षक विवेक विसुङ्खेले जानकारी दिनुभयो ।

 

 

उनले भने, ‘सचिवालय बैठक अगावै उहाँ कार्यालय पुग्नु भएको रहेछ। शंकास्पद गतिविधि गरेको देखिएपछि उहाँलाई पक्राउ गरिएको हो।’ प्रहरीले महानगरीय प्रहरी प्रभाग, कोटेश्वरमा राखेर उनीमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ ।

 

पछिल्लो समय उनी आफू शेरधनकी श्रीमती भएको दावी गर्दै नाता कायम गरेर अंश दिलाई पाउँ भनि अदालतसम्म पुगेकी थिइन् । तर प्रमाण पुर्‍याउन नसकेको भनी काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता केहि दिन अगाडि मात्र लिएकी छन् ।

सम्बन्धित खबरहरु