जानकारी सबैमा सेयर गरिदिनुहोला ।

काठमाडौ । कोभिड–१९ को महामारी सुरु भएपछि रोकिएका लोकसेवा आयोगका सबै परीक्षा धमाधम सञ्चालन हुने भएका छन् । लोकसेवा आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले गत वर्ष रोकिएका शाखा अधिकृत र नायब सुब्बाको दोस्रो चरणको परीक्षा सुचारु गरिने जानकारी दिए ।

 

गत वर्ष शाखा अधिकृततर्फ प्रशासन, न्याय र व्यवस्थापिका संसद्तर्फको पहिलो चरणको परीक्षा सम्पन्न भई दोस्रो चरणको परीक्षा भएको थिएन । अब सो परीक्षा कात्तिकमा सञ्चालन गरिनेछ । पहिलो चरणमा शाखा अधिकृतका लागि ३ हजारले नाम निकालेका थिए ।

 

 

त्यस्तै, नायब सुब्बातर्पm पनि दोस्रो चरणको परीक्षा भएको थिएन । नायब सुब्बाको दोस्रो चरणको परीक्षा मंसिरमा गर्ने गरी तयारी छ। न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः १८, १९ र २० कात्तिकमा हुनेछ । यस्तै व्यवस्थापिका संसद्तर्फ पहिलो पत्रको परीक्षा २१ कात्तिकमा र दोस्रो पत्रको परीक्षा २२ कात्तिकमा हुनेछ ।

 

 

यसैगरी, परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद् सेवातर्फ खुला तथा समावेशी र्फको दोस्रो चरणको परीक्षा २३ कात्तिकदेखि सुरु हुने छ । आयोगका अनुसार नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा ७ मंसिरमा तथा तृतीय पत्रको परीक्षा ८, ९, १० र ११ मंसिरमा तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने १२ मंसिरमा हुने आयोगले जनाएको छ ।

 

यसैगरी, यसअघि रोकिएको सहसचिवतर्फको कृषि सेवातर्फ बाँकी रहेको पदमा समेत परीक्षा सञ्चालन गर्ने निर्णय भएको छ । यस्तै, सूचना प्रविधितर्फ आइटी सहसचिवको स्थगित लिखित परीक्षा पनि छिट्टै लिने निर्णय गरिएको छ ।

 

 

 

सम्बन्धित खबरहरु